Skip This
आहा ! रारा गोल्डकप : उपाधिका लागि मनाङ मर्स्याङ्दी र एपिएफ क्लब भिड्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १३ बिहीबार
  • Saturday, 15 June, 2024
२o७८ माघ १३ बिहीबार १८:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

आहा ! रारा गोल्डकप : उपाधिका लागि मनाङ मर्स्याङ्दी र एपिएफ क्लब भिड्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ १३ बिहीबार १८:३८:oo

मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी २०औँ संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। अब मनाङले उपाधिका लागि विभागीय टोली एपिएफसँग शनिबार प्रतिस्पर्धा गर्नेछ। 

बिहीबार भएको अन्तिम सेमिफाइनलमा मनाङले विभागीय त्रिभुवन आर्मी क्लबलाई ट्राइबेकरमा ४–३ गोलले पराजित गरेको हो। निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि निर्णयका लागि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि गोल नभएपछि ट्राइबेक्ररमार्फत निर्णय लिइएको थियो। 
ट्राइबेकरमा आर्मीका तर्फबाट कप्तान भरत खवास, जर्ज प्रिन्स कार्की र विवेक बस्नेतले गोल गरेका थिए। युद्ध शाहीको प्रहार मनाङका गोलकिपर अशोक बरालले विफल पारिदिएका थिए भने दीपक गुरुङको प्रहार पोस्टमा लागेर फर्किएको थियो।

मनाङका लागि फ्रान्किलन कोटे टाला, शिव गुरुङ, रुपेश केसी र ओलावाले ओलाडिपो आफिजले गोल गरेका थिए । दोस्रो प्रहार गरेका विश्व अधिकारीको प्रहार भने विपक्षी किपर विकेश कुथुले विफल पारिदिएका थिए ।

मनाङ योसँगै प्रतियोगितामा ११ पटक फाइनल प्रवेश गरेको छ  । उनले ६ पटक उपाधि हात पारिसकेको छ । आर्मी यसअघि चार पटक फाइनलमा पुगेपनि उपाधि हात पार्न सकेको छैन । ०७२ मा सम्पन्न प्रतियोगिताको १४औँ संस्करणको फाइनलमा १–० गोलले र १८औँ संस्करणको सेमिफाइनलमा ३–२ गोलले मनाङसँग आर्मी पराजित भएको थियो।  

प्रतियोगितामा यसअघि दुवै टोली बाई पाएर सीधै क्वाटरफाइनल प्रवेश गरेका थिए । आर्मीले क्वाटरफाइनलमा थ्री स्टार क्लबलाई १–० गोलले र नेपाल पुलिस क्लबलाई २–० गोलले पाखा लगाउँदै मनाङले अन्तिम चारमा स्थान सुरक्षित गरेका थिए। 

मनाङ गुमाएको त्यो अवसर
खेलमा मनाङले सुरुवाती अग्रता लिने अवसर खेर फालेको थियो। खेलको नवौँ मिनेटमा पाएको पेनाल्टी मनाङले सदुपयोग गर्न सकेन। आर्मीका युद्ध शाहीको पेनाल्टी क्षेत्रमा ह्यान्ड भएपछि खेलका मुख्य रेफ्री श्याम दनुवारले मनाङलाई पेनाल्टीको अवसर दिएका थिए । कप्तान विमल रानाले गरेको पेनाल्टी प्रहार क्रसबारमाथिबाट बाहिरिँदा टोलीलाई सुरुवाती अग्रता दिलाउनबाट चुकेका थिए।

ad
ad
ad
ad