१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o७:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङका उच्चपहाडी भेगमा हिमपात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:३३:oo

घलेगाउँसहित लमजुङका डाँडाकाँडा हिउँले सेताम्मे

मौसममा बदली आएसँगै लमजुङका उच्चपहाडी भेगमा हिमपातसहित वर्षा भएको छ । बुधबार दिउँसोदेखि लमजुङको उच्चपहाडी भेगमा हिमपात भएको हो । हिमपातले लमजुङका डाँडाकाँडा हिउँले ढाकेर सेताम्मे भएका छन् । 

लमजुङको क्व्होलासोंथर गाउँपालिका– ३ मा रहेको स्मार्टभिलेज घलेगाउँमा बुधबार दिउँसोबाट हिमपात भएको छ । पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका सचिव उमलबहादुर विकका अनुसार हिउँले घलेगाउँका डाँडाकाँडा सेताम्मे भएका छन् । 

हिउँ बाक्लो परेकाले घलेगाउँ पुगेका आन्तरिक पर्यटक हिउँमा सेल्फी खिच्न व्यस्त छन् । दुई वर्षअघि हिउँ परेको घलेगाउँमा पुनः यस वर्ष पनि हिउँ परेको घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले बताए । उनका अनुसार स्मार्ट भिलेज घलेगाउँमा बाक्लो हिमपात भएसँगै आन्तरिक पर्यटकहरू समूह/समूह बनाएर हिउँ खेल्न घलेगाउँ पुगेका छन् । 

समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको घलेगाउँसँगै घनपोखरा, नायुमा पनि हिउँ परेको स्थानीयले बताएका छन् । यस्तै लमजुङको बेंसीसहर नगरपालिका– १० कल्मेडाँडास्थित पर्यटकीय ठाउँ पिसहिल स्टेसनमा पनि बाक्लो हिमपात भएको छ ।

पिसहिलका व्यवस्थापक होमलाल तामाङले समुद्री सतहबाट एक हजार नाै सय ६५ मिटर उचाइमा रहेको कल्मेडाँडामा बुधबार दिउँसोदेखि हिमपात भएसँगै आन्तरिक पर्यटक हिउँ खेल्नका लागी पिसहिल पुगेका छन् ।

घलेगाउँ, पिसहिलसहित मर्स्याङ्दी गाउँपालिकाको हर्सिङडाँडा, सिउरुङ, कालाघिरिङ र त्यसमाथिका लेक हुँदै मनाङको भूभागसम्मै हिउँले ढाकेको सिउँरुङका स्थानीय उमरबहादुर गुरुङ बताउँछन् । 

यस्तै पूर्वीभेगका दूधपोखरी, बराहपोखरी, मेमेपोखरीलगायतका उच्चपहाडी भेगमा बुधबार दिउँसोदेखि हिमपात भएको छ । बाँझाखेतको खाँचे र गाउँभाचोकजस्ता बस्तीनजिकै हिउँ परेको र त्यसमाथिका डाँडामा भने बाक्लो हिउँले ढाकेको दृश्य सदरमुकाम बेंसीसहरबाटै देखिएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । हिमपातकै कारण दैनिक जनजीवन औसतभन्दा कष्टकर रहेको उनी बताउँछन् ।

पूर्वी भेगका इलमपोखरी, विचौर र  दूधपोखरी गाउँको उच्चपहाडी चुचुरोहरूमा समेत हिउँ परेको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताउँछन् । दर्जनौँ उच्चपहाडी बस्तीहरूमा हिउँ परेपछि स्थानीय बासिन्दा र बाहिरबाट त्यहाँ पुगेको पाहुनाहरू रमाउँदै हिउँ खेलेर रमाएका छन् । 


 

ad
ad