१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १२ बुधबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १२ बुधबार १६:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फुटबलर हरि खड्काको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै मुद्दा दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १२ बुधबार १६:o७:oo

बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा नेपाल पुलिस क्लबका पूर्वखेलाडी हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। नेपाल प्रहरीको सइमा बढुवा हुन उनले प्रमाणपत्र तहको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियारको आरोप छ। उनीमाथि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा छानबिन सुरु भएपछि दुई वर्षअघि प्रहरीको असइ पदबाट राजीनामा दिएका थिए। 

खड्काले माध्यामिक शिक्षा परिषद बाराणशी, उत्तरप्रदेशवाट जारी भएको भन्दै प्रमाणपत्र तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आयोगले बताएको छ। सोही प्रमाणपत्रका आधारमा  २०५५ कार्तिक १ मा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भएको आयोगले आरोपपत्रमा उल्लेख छ। 

आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार उनलाई भ्रष्टाचार निवारण ऐन बमोजिम दण्ड सजायको मागदावी लिई आज बिशेष अदालतमा  मुद्दा दायर गरिएको हो। खड्का नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानसमेत हुन्।