१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o९:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई निसर्त पठनपाठन गराउन केयूको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:o९:oo

विद्यार्थी संगठनको आन्दोलन स्थगित, निर्णय कार्यान्वयन नभए पुन:आन्दोलन गर्ने चेतावनी

काठमाडौं विश्वविद्यालयले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई निसर्त कक्षामा सामेल गराई अनिवार्य रूपमा पठनपाठन गराउन काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजलाई निर्देशन दिएको छ । विश्वविद्यालयले मंगलबार दुवै मेडिकल कलेजलाई पत्र पठाउँदै एमबिबिएस, बिडिएस र बिएनएस कार्यक्रमअन्तर्गत दुवै मेडिकल कलेजमा भर्ना भएका विद्यार्थीमध्ये पठनपाठन गर्नबाट वञ्चित भएका विद्यार्थीलाई अनिवार्य पठनपाठन गराउन निर्देशन दिएको हो । 

चिकित्सा शिक्षा आयोगबाट सम्बन्धित कलेजका लागि छनोट भई काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजमार्फत भर्ना भएका विद्यार्थीहरूलाई अध्यापन गराउन विश्वविद्यालयका डिन राजेन्द्र कोजुको निर्देशन पत्रमा उल्लेख छ । काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका विद्यार्थीलाई अतिरिक्त शुल्क, होस्टेलको शुल्क अनिवार्य गरिएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन् ।

यसैबीच, अतिरिक्त शुल्कको विरोधमा आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । संयुक्त विद्यार्थी संगठनले मंगलबार विज्ञप्ति जारी गरी काठमाडौं विश्वविद्यालय प्रशासनसँग १० पुसमा भएको सहमतिअनुरूप काठमाडौं विश्वविद्यालय डिनको कार्यालय र रजिस्ट्रार कार्यालयबाट अतिरिक्त शुल्क ‘सम्बन्धित बिद्यार्थी’ कै नाममा फिर्ता गर्ने, छात्रावासलाई स्वेच्छिक गर्ने तथा होस्टल शुल्क र अतिरिक्त शुल्क नबुझाएबापत पठन–पाठनलगायत सुविधाबाट वञ्चित रहँदै आएका विद्यार्थीहरूलाई निःसर्त कक्षामा सामेल गराउने निर्णय भएकाले आन्दोलनका कार्यक्रम स्थगित गरिएको जनाएका छन् । 

भएका निर्णय र सहमति कार्यान्वयन नभए पुनः सशक्त आन्दोलन अगाडि चेतावनीसमेत दिइएको छ । संयुक्त विद्यार्थी संगठनले आन्दोलनका क्रममा गिरफ्तार विद्यार्थी नेताहरूको अविलम्ब रिहाइको मागसमेत गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्नेमा नेविसंघ, अखिल क्रान्तिकारीका तीन संगठन, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौँ, अखिल नेपाल विद्यार्थी युनियन छन् ।

चिकित्सा शिक्षाको आन्दोलनमा दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग
काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका विद्यार्थीहरूको शान्तिपूर्ण सिठी जुलुसमा हस्तक्षेप गरी दुव्र्यवहार गरेकामा संयुक्त विद्यार्थी संगठनले आपत्ति जनाउँदै दोषीलाई कारबाहीको माग गरेको छ । काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका विद्यार्थीको अतिरिक्त शुल्क, होस्टेलको चर्को शुल्क र अनिवार्य गर्ने निर्णयविरुद्ध जारी विद्यार्थीको आन्दोलनमा मंगलबार विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ‘भिजिलान्ते गुन्डा’ तथा कलेजका सुरक्षागार्डबाट दुव्र्यवहार भएको भन्दै विद्यार्थी संगठनले आपत्ति जनाएको हो । ‘कलेज प्रशासनको संलग्नतामा भएको घटनाको घोर भत्र्सना गर्दै दोषी कलेज प्रशासनलाई हदैसम्मको कानुनी कारबाही गर्न जोडदार माग गर्दछौँ,’ विद्यार्थी संगठनको विज्ञप्तिमा भनिएको छ । मंगलबार भएको विरोध प्रदर्शनमा प्रहरी र सुरक्षागार्डले हस्तक्षेप गर्दा विद्यार्थीहरू घाइते भएका थिए । 

शिक्षामन्त्रीले त्रिविलाई भने– कुनै पनि बहानामा नतिजा ढिलाइ नहोस्
त्रिभुवन विश्वविद्यालयमा वार्षिक तथा सेमेस्टर प्रणालीका परीक्षाका नतिजा आउने ढिलाइ भएका छन् । परीक्षा नियन्त्रण कार्यालय बल्खुले वार्षिक र डिन कार्यालयहरूले सेमेस्टर प्रणालीका परीक्षा सञ्चालन गर्दै आएका छन् । 

वार्षिक प्रणालीका कतिपय विषयमा नौ महिनासम्म पनि नतिजा आएको छैन । विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमा निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन् । मंगलबार परीक्षा नियन्त्रण कार्यालय बल्खुमा अनुगमन गर्न पुगेका उनले कुनै पनि बहाना नगरी समयमै नतिजा निकाल्न निर्देशन दिएका हुन् । समयमै परीक्षाको नतिजा नआउँदा विद्यार्थीहरूले रोजगारीका अवसरबाट वञ्चित हुनुपरेका गुनासो आएको उनले बताए ।

तीन महिनामा निकाल्नुपर्ने नतिजा नौ महिनासम्म पनि निस्किएको छैन । अघिल्लो वर्षको परीक्षा दिएर माथिल्लो वर्षमा पढेका विद्यार्थीले परीक्षाको तालिका आउँदासम्म नतिजा आएको छैन । मानविकी तथा सामाजिकशास्त्र संकायको दोस्रो वर्षको नतिजा झन्डै नौ महिनासम्म पनि सार्वजनिक भएको छैन । ६ महिनाभन्दा ढिला हुने धेरै विषय छन् । नतिजामा ढिलाइ मात्र होइन, कतिपय विषयमा प्रयोगात्मक नम्बर नआउने, छुट्नेलगायतका कारणले विद्यार्थीले दुःख पाउने गरेका छन् । 
 

ad
ad