१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार o८:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङ प्रशासनमा आलोपालो सेवा प्रवाह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o८:o८:oo

जिल्ला प्रशासन कार्यालय लमजुङले संक्रमणको जोखिम बढेको भन्दै सेवाग्राहीका लागि आलोपालोको व्यवस्था गरेको छ । जिल्लामा संक्रमणदर बढेकाले बुधबारबाट स्थानीय तहका नागरिकलाई आलोपालो सेवा दिने भएको हो । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार साताको ६ दिन जिल्लाका आठवटा स्थानीय तहका नागरिकलाई पालैपालो सेवा प्रवाह गरिनेछ । 

प्रशासनका कर्मचारीमा कोभिड संक्रमित भएर होम आइसोलेसनमा रहेकाले प्रशासनले सेवाप्रवाह आलोपालो गरेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले बताए । उनका अनुसार आठवटा स्थानीय तह रहेको लमजुङमा आइतबार दूधपोखरी र मर्स्याङ्दी गाउँपालिकाका नागरिकले सेवा लिन पाउनेछन्। सोमबार क्व्होलासोथर र दोर्दी गाउँपालिकाका नागरिकले सेवा लिन पाउनेछन् । 

यस्तै मंगलबार मध्यनेपाल नगरपालिका, बुधबार सुन्दरबजार नगरपालिका, बिहीबार राइनास नगरपालिका र शुक्रबार बेंसीसहर नगरपालिकाका नागरिकले सेवा लिन पाउनेछन् । प्रशासनले २५ जनाभन्दा बढी भिड हुन प्रतिबन्ध गरे पनि कार्यालयमा सेवा लिनेहरुको भिड बढेपछि नियन्त्रणका लागि यस्तो नियम राखेको जनाएको छ । यस्तै कर्मचारीहरू कोरोना संक्रमित भएपछि मध्यनेपाल नगरपालिका र दुधपोखरी गाउँपालिकाको सेवाप्रवाह प्रभावित बनेको छ । प्रशासनले संक्रमणदर बढ्दो अवस्थामा रहेकाले थप सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ । 

ad
ad