१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३३:oo

कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि दर्ता कार्य सुरु भएको छ। मंगलबारदेखि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि दर्ता कार्य सुरु गरेको हो।

नगरपालिकाका प्रमुख रमेश महर्जनले टोकन सिस्टममा दैनिक ४० जनाको नाम दर्ता गरिने जानकारी दिए। उनले अत्यावश्यक परेका नागरिकलाई राष्ट्रिय परिचयपत्र दर्ताका लागि विशेष प्राथमिकता दिइने बताए।

नगरपालिकाले नगरवासीलाई राष्ट्रिय परिचयपत्र दर्ताका लागि नेपाली नागरिकताको सक्कल प्रमाणपत्र लिएर आउन आग्रह गरेको छ। नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको हकमा जन्ममिति खुल्ने प्रमाणपत्र, नागरिकतामा उल्लेख भएको ठेगानाभन्दा फरक ठेगाना भएमा त्यस्तो ठेगाना प्रमाणित गर्ने बसाइँसराइ वा बसोवास प्रमाणित भएको कागजात, नागरिकतामा पति, पत्नीको नाम उल्लेख छैन भने विवाहदर्ताको प्रमाणपत्रसहित परिचयपत्र दर्ताका लागि आउन नगरपालिकाले आह्वान गरेको छ।