१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १४:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोठाभित्र आगो तापेर सुत्दा निसासिएर एक शिशुको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:१o:oo

कोठाभित्र आगो तापेर सुत्दा एक शिशुको मृत्यु भएको छ भने दुईजना बेहोस भएका छन् । 

भक्तपुरको सूर्यविनायक नगरपालिका– ४ दधिकोट गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा डेरा गरी बस्दै आएका रामेछापको मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीन महिनाका छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए।
    
जाडो बढेपछि शनिबार बेलुका खाना खाएर आगो बलिरहेको कोइला कोठामै राखेर सुतेकामा बिहान अबेरसम्म पनि नउठेपछि स्थानीय र प्रहरीले ढोका फुटाएर अचेत अवस्थामा फेला परेका तीनजनालाई उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो ।   शिशुको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको र रम्तेल र उनकी श्रीमती २८ वर्षीया पसुना तामाङको उपचार भइरहेको छ ।  उनीहरूको अवस्था गम्भीर रहेको चिकित्सकलाई उद्धृत गर्दै रेग्मीले बताए । 
    
प्रहरी नायब उपरीक्षक रेग्मीले भने, ‘गाउँको घरजस्तो होइन, सहरका घरमा ढोका र झ्याल लगाएपछि बाहिरबाट हावा ओहोरदोहोर गर्ने ठाउँ नै हुँदैन, यस्तो अवस्थामा आगो तापेर कोठामा सुत्दा अक्सिजन सकिएर सास फेर्न नसकेर ज्यान जान्छ, यस्तो मामिलामा सबैले सचेत भएर कोठाभित्र रातभरि आगो र हिटर बालेर सुत्नुहुँदैन, यो घटना पनि यसैको परिणाम हो ।’ रासस