१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ८ शनिबार
  • Sunday, 11 May, 2025
रमेश रावल सुर्खेत
२o७८ माघ ८ शनिबार १४:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘तपाईंको मास्क खै ?’ भन्दै मुख्यमन्त्री निस्किए सडकमा 

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o७८ माघ ८ शनिबार १४:२७:oo

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही ‘तपाईंको मास्क खै ?’ भन्दै सडकमा निस्किएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगर बजारमा मुख्यमन्त्री शाही ‘तपाईंको मास्क खै ?’  भन्दै सडकमा निस्किएका हुन् । मुख्यमन्त्री शाहीले कोरोना महामारी देशभर फैलिरहेकाले अनिवार्य रूपमा मास्क लगाउन नागरिकहरूलाई आग्रह गरेको बताए । उनले भने, ‘हामीले सडकमा मास्क नलगाएर हिडिरहेका धेरैजना देख्यौँ।  सबैलाई मास्क अनिवार्य लगाउन आग्रह गरेका छौँ।’

कोरोनाविरुद्धको खोप नलगाएका नागरिकलाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउन पनि मुख्यमन्त्री शाहीले आग्रह गरेका गरेका छन् । ‘तपाईंहरूले खोप लगाउनुभएकाे छैन भने नजिकै खोप केन्द्रमा गएर खोप लगाउनुहोला,’ उनले सडकमा भेटिएका नागरिकलाई भने,‘कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिलाई कोरोना संक्रमण भए पनि त्यति धेरै असर नगर्ने चिकित्सकले बताएका छन् । त्यसैले अनिवार्य खोप लगाउनुहोला ।’

कर्णालीमा केही दिनयता कोरोना संक्रमण बढ्दै गएको छ । कर्णालीमा दैनिक ६ सयभन्दा बढीको हाराहारिमा कोरोना संक्रमितको संख्या बढिरहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदम केसीले बताए । ‘कर्णालीमा परीक्षण गरिएकामध्ये ५७ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ,’ उनले भने,‘यो निकै जटिल परिस्थिति हो ।’

निर्देशनालयका अनुसार सुर्खेतमा ३६०, सल्यानमा १००, कालीकोटमा १२९, दैलेखमा १२, जाजरकोटमा १, रुकुमपश्चिममा ३७, जुम्लामा ६  र हुम्लामा  आठजनामा कोरोना संक्रमण देखिएको छ ।