मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ माघ ६ बिहीबार
  • Thursday, 13 August, 2026
२o७८ माघ ६ बिहीबार १८:२६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आहा रारा गोल्डकप :  एपिएफको विजयी सुरुवात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ ६ बिहीबार १८:२६:oo

पोखरामा आजदेखि सुरु भएको २०औँ आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबलाई २–० ले हराउँदै विभागीय टिम एपिएफले विजयी यात्रा सुरु गरेको छ। दर्शकविना खेलाइएको खेलमा एपिएफको जितका लागि आवास लामिछाने र प्रदीप लामाले समान १–१ गोल गरेका छन् ।

खेलको १३औँ मिनेटमा एपिएफका आवास लामिछानेले पहिलो गोल गर्दै खेललाई अग्रता दिलाएका थिए। युरोपियन फुटबल खेलको अनुभव बटुलेका लामिछाने प्रतियोगिताको पहिलो गोलकर्ता पनि बनेका छन् । खेलको सुरुवातमै १ गोलले पछि परेको पहिलो हाफको सम्पूर्ण समय दबाबमा रहेका थियो।

निर्धारित पहिलो हाफमा १–० ले अग्रता लिएको एपिएफले दोस्रो हाफको पनि सुरुवातमै दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाएको थियो। खेलको दोस्रो हाफ ५९औँ मिनेटमा एपिएफका सनिस श्रेष्ठको लामो पासलाई कन्ट्रोल गर्दै प्रदीप लामाले बललाई दोस्रो गोलमा परिणत गरेका थिए । खेलमा आवास लामिछाने म्यान अफ दी म्याच घोषित भएका छन्।

मोफसलकै चर्चित फुटबल प्रतियोगिताका रूपमा लिइएको आहा रारा गोल्डकपको यसवर्षको संस्करण दर्शकविना नै भइरहेको छ। कोरोना महामारीका कारण प्रशासनले भिडभाड गर्न रोकेकाले दर्शकविनै प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताको दोस्रो खेल भोलि हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ। १० वटा टिम सहभागी रहेको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।