मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ माघ ६ बिहीबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका नयाँ दिल्ली
२o७८ माघ ६ बिहीबार १४:५१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

श्रीलंकालाई बाह्य ऋण तिर्न भारतले सहयोग गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँ दिल्ली
नयाँ पत्रिका
२o७८ माघ ६ बिहीबार १४:५१:oo

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकालाई भारतले दुई अर्ब ४१ करोड १५ लाख अमेरिकी डलर उपलब्ध गराउने इच्छा राखेको छ। बाह्य ऋणका कारण अर्थतन्त्र संकटमा परेको श्रीलंकालाई भारतले सहयोग गर्ने इच्छा व्यक्त गरेको हो। भारतले तत्कालै श्रीलंकालाई ५० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउने घोषणा गरेको छ।

भारतीय विदेशमन्त्री डा. एस जयशंकर र श्रीलंकाका अर्थमन्त्री बसिल राजापाक्षेबीच शनिबार भर्चुअल वार्ता भएको थियो। त्यसक्रममा भारतीय विदेशमन्त्री जयशंकरले श्रीलंकाको संकटमा भारतको सहानुभूति र साथ रहने भन्दै आर्थिक चुनौती सामना गर्न श्रीलंकालाई भारतले सहयोग गर्ने बताएका थिए। कोरोना महामारीका कारण उत्पन्न आर्थिक चुनौती सामना गर्न भारत र श्रीलंकाबीच सहकार्यमा जयशंकरको जोड थियो।

समाचार एजेन्सी एएनआईका अनुसार ‘सार्क करेन्सी स्वाव एरेन्जमेन्ट’अन्तर्गत भारतले श्रीलंकालाई यसबीचमा ४० करोड अमेरिकी डलर उपलब्ध गराएको छ। भारतको पोलिसी रिसर्च ग्रुपका अनुसार अमेरिकी डलर अभावका कारण श्रीलंकाले पर्याप्त इन्धन खरिद गर्नसमेत सकेको छैन।

श्रीलंकाले यो वर्ष मात्रै सात अर्ब अमेरिकी डलर बाह्य ऋण तथा ब्याजबापत् भुक्तानी गर्नुपर्ने छ। जनवरीमा मात्रै ५० करोड र जुलाईमा एक अर्ब अमेरिकी डलर कोलम्बोले तिर्नुपर्नेछ। श्रीलंकाले चीनलाई पनि ठूलो ऋण तिर्नुपर्नेछ।

श्रीलंकाको कुल आयात गर्नुपर्ने सामानको २० प्रतिशत इन्धन हो। मासिक एक अर्ब डलरभन्दा कमबराबर उसको निर्यात हुने गरेको छ भने श्रीलंकाले ३५ करोड डलर इन्धनका लागि मात्रै खर्च गर्नुपर्ने अवस्था छ। एजेन्सी