मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ ६ बिहीबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका वासिङ्टन
२o७८ माघ ६ बिहीबार १३:२१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानिस्तानबाट सेना फिर्ताको निर्णय गलत नभएको बाइडेनको जिकिर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वासिङ्टन
नयाँ पत्रिका
२o७८ माघ ६ बिहीबार १३:२१:oo

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट फिर्ता हुने आफ्नो निर्णयको बचाउ गर्दै आफूले गरेको कामका लागि माफी नमाग्ने बताएका छन्। बुधबार आफ्नाे कार्यकाल एक वर्ष पूरा गरेको अवसरमा बोल्दै उनले सेना फिर्ताका विषयमा माफी नमाग्ने बताएका हुन्।

'अफगानिस्तानबाट २० वर्षपछि सजिलै बाहिर निस्कने कुनै उपाय थिएन। जतिसुकै गरे पनि त्यसो गर्नु सम्भव थिएन। त्यसैले मैले गरेको कामका लागि म माफी माग्दिनँ,'  बाइडेनले भने। यद्यपि, उनले अगस्टको मध्यमा तालिबानले सत्ता कब्जा गरेपछि विकसित अफगानिस्तानको संकटप्रति भने सहानुभूति व्यक्त गरेका छन्।

अफगानिस्तानबाट फिर्तीको आफ्नो निर्णयको बचाउ गर्दै बाइडेनले असफलताका लागि अघिल्लो प्रशासनलाई दोष दिएका छन्। 'यदि हामी बाहिर नआएको भए हामीले धेरै बलहरू भित्र्याउने थियौँ। तालिबानको अक्षमताको परिणामको रूपमा के भइरहेको छ भनेर मात्र भएन। विश्वभरि जेजे भइरहेको छ हामी हरेक समस्या समाधान गर्न सक्दैनौँ । र, त्यसैले म यसलाई योग्यताको मुद्दाका रूपमा पनि हेर्दिनँ,' बाइडेनले भने, 'एउटै सरकारको अधीनमा अफगानिस्तानलाई एकीकरण गर्न कोही सक्षम हुनेछ भन्ने लाग्छ भने आफ्नो हात उठाउनुहोस्। यो ठोस कारणका लागि साम्राज्यहरूको चिहान भएको छ। यो एकताका लागि संवेदनशील छैन,' बाइडेनको टिप्पणी छ।

उनले अफगानिस्तानले अमेरिकालाई आर्थिक बोझ पारेको धारणासमेत राखेका छन्। अमेरिकी सेनालाई अफगानिस्तानमा राख्न निकै खर्च हुने सन्दर्भ उदृत गर्दै  उनले शान्तिपूर्ण समाधानमा कुनै सम्भावना नभएको उल्लेख गरे। एजेन्सी