१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनी विकास कोषले भन्यो : गुरुयोजनाबाहिर रिसोर्ट बनाउन दिने निर्णय भएको छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:४७:oo

लुम्बिनी विकास कोषले लुम्बिनी गुरुयोजनाभित्रको जग्गामा गुरुयोजनाबाहिर कुनै रिसोर्टका लागि संरचना बनाउन दिने निर्णय नभएको बताएको छ। कोषका सदस्यसचिव सानुराजा शाक्यले एक विज्ञप्ति जारी गर्दै पर्यटकलाई सुविधा दिने उद्देश्यले गुरुयोजनाले निर्दिष्ट गरेको क्याम्पेन ग्राउन्ड निर्माण तथा सञ्चालनका लागि संसारमा वेलनेस रिसोर्टको तर्फबाट सभाना वैद्य बस्न्यातबाट प्राप्त प्रस्तावअनुसार उक्त संस्थालाई गुरुयोजनाले निर्दिष्ट गरेअनुसार कार्य गर्न गुरुयोजनाअनुसार सञ्चालनको कार्यविधि, सम्झौताको सर्त र सो पूर्व बन्ने संरचनाहरूको ड्रइङ स्वीकृतिका लागि पेस गर्न दिने सैद्धान्तिक निर्णय मात्र भएको बताएका छन्। 

कोषका अध्यक्ष तथा तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र कोषका उपाध्यक्ष भिक्षु मैत्तयबारे प्रसारित समाचारमा सत्यता नभएको शाक्यले प्रस्ट पारेका छन्। भिक्षु मैत्तय क्यानडामा डिसेम्बरदेखि २ महिने धर्म प्रचार तथा ध्यान सिकाउने नियमित कार्य तालिकाअनुसार मन्त्री आलेको स्वीकृतिमा नै त्यहाँ गएको पनि कोषले बताएको छ।

‘विभिन्न जनप्रिय कदमका कारण लोकप्रिय हुनुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेज्यूलाई बदनाम गर्ने उद्देश्यले मात्र लुम्बिनीसँग जोडिएर समाचार प्रकाशित भएको प्रति लुम्बिनी विकास कोष दु:ख प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।