मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ २ आइतबार
  • Saturday, 12 July, 2025
२o७८ माघ २ आइतबार २१:२७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सरकारविरुद्ध सिन्धमा जमात–ए–इस्लामीको प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २ आइतबार २१:२७:oo

पाकिस्तानको जमात–ए–इस्लामी (जेआई) ले आइतबार अबामी मरकजको अगाडि सरा–ए–फैसलमा सिन्ध स्थानीय सरकार (एलजी) कानुनको विरुद्ध धर्ना दिने घोषणा गरेको छ।   सिन्ध विधान सभा भवनबाहिर धर्ना हुने जेआईले आइतबार घोषणा गरेको हो। 

आन्दोलनमा विमानस्थलदेखि सदरसम्मको सरा–ए–फैसलको बाटो अवरुद्ध गर्ने प्रदर्शन गर्ने जेआईको तयारी छ। सत्तारुढ पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) र विपक्षी जमात–ए–इस्लामीले विवादित सिन्ध स्थानीय सरकार कानुनका विषयमा  दुई चरणको वार्ता गरेका छन्। प्रान्तीयमन्त्री नासिर हुसैन शाहको नेतृत्वमा रहेको सिन्ध सरकारको समितिले जेआई नेतृत्वलाई सम्पर्क गरेको थियो। 

जमात–इस्लामीले सिन्ध स्थानीय सरकार कानुनको विरोधमा प्रदर्शन गरेको छ। जेईले वार्ता र प्रदर्शन सँगसँगै अघि बढाउने भएको छ। 
दुई पक्षबीच तेस्रो चरणको वार्ता सोमबार हुने भएको छ। प्रदर्शनको नेतृत्व गरिरहेका जेईका कराँची प्रमुख हाफिज नइमुर रहमानले पिपिपीका केही मन्त्रीहरूले शीर्ष नेतृत्वलाई अन्धकारमा राखेर वार्ता प्रक्रिया बिथोल्ने प्रयास गरेको आरोप लगाए। एआरवाई समाचारका अनुसार देशका भावी पुस्तालाई सामन्तवादबाट जोगाउने उद्देश्यले जेआई संघर्षमा उत्रेको हाफिजले बताएका छन्। 

उनले भने, ‘सामन्तवादी मानसिकताले पाकिस्तान पिपुल्स पार्टीलाई कब्जा गरेको छ। यसले पहिले नै प्रान्तका ग्रामीण क्षेत्रहरू कब्जा गरिसकेको छ र अब यसले सिन्धको सहरी क्षेत्रहरू नियन्त्रण गर्ने लक्ष्य राखेको छ। हामी उसलाई सफल हुन दिने छैनौँ।’