मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तिवारी यादव वीरगन्ज
२०७८ माघ २ आइतबार १५:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वीरगन्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै मुख्यमन्त्री राउतको घरअगाडि प्रदर्शन

Read Time : < 1 मिनेट
२०७८ माघ २ आइतबार १५:०८:००

प्रदेश २ को राजधानी वीरगन्जलाई बनाउन माग गर्दै मुख्यमन्त्री लालबाबु राउतको घरअगाडि प्रदर्शन भएको छ । आइतबार बिहान लोकतान्त्रिक समाजवादी पार्टी पर्साका नेता–कार्यकर्ताको अगुवाइमा वीरगन्ज– १३, तेजारथ टोलस्थित मुख्यमन्त्री राउतको घरअगाडि प्रदर्शन भएको हो ।

वीरगन्जलाई राजधानी बनाउनलाई पूर्वनिर्धारित कार्यक्रमअनुसार मुख्यमन्त्री राउतको घरअगाडि शान्तिपूर्ण प्रदर्शन भएको लोसपा पर्साका नेता राजेशमान सिंहले जानकारी दिए । उनका अनुसार कोरोनाको संक्रमण तीव्र रूपमा फैलिरहेको भन्दै सरकारको निर्देशनलाई पालना गर्दै बढी भिडभाड तथा भेला नगरी शान्तिपूर्ण प्रदर्शन भएको हो । 

गत शुक्रबार लोकतान्त्रिक समाजवादी पर्साका नेता राजेशमान सिंहको अगुवाइमा प्रदेश २ को राजधानी वीरगन्जलाई बनाउन माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाइएको थियाे । गत मंगलबार वीरगन्जलाई प्रदेश २ को स्थायी राजधानी बनाउन माग गर्दै नेपाली कांग्रेस वीरगन्ज महानगरपालिकाको अगुवाइमा प्रदर्शन भएको थियो भने गत शनिबार लोसपाका नेता–कार्यकर्ताले वीरगन्जलाई प्रदेश राजधानी बनाउन माग गर्दै प्रदर्शन गरेका थिए ।