मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रुबी भ्याली पहिरो : एकजनाको शव भेटियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:o१:oo

धादिङको उत्तरी क्षेत्र रुबी भ्याली गाउँपालिका– १ स्थित लिङ्जोपुरदेखि तिप्लिङ जाने बाटो खन्ने क्रममा गएको सुक्खा पहिरोमा पुरिएकामध्ये एकजनाको शव भेटिएको  छ। एक्स्काभेटरका सहचालक काभ्रेपलाञ्चोक घर भएका राजु तामाङको शव भेटिएको हो। 

शनिबार पहिरो खोतल्ने क्रममा उनको शव भेटिए पनि अन्य दुईजनाको अवस्था अज्ञात छ। उनीहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। गत बिहीबार बिहान ८ बजे सडक खन्ने क्रममा पहिरो खसेको थियो। त्यसलगत्तै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले शुक्रबार बिहानैदेखि खोजीकार्य गरेको थियो। 

सुक्खा पहिरो खस्दा एक्स्काभेटर अपरेटर काभ्रेपलाञ्चोक घर भएका आकाश तामाङ, सहचालक राजु तामाङ, रुबी भ्याली गाउँपालिका– १ का अनुश तामाङ गरी तीनजना पुरिएका थिए। त्यसमध्ये आकाश र अनुशको शव फेला नपरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी राकेश सिंहले जानकारी दिए। पहिरो खसेपछि बा.२क ४८२१ नम्बरको एक्स्काभेटर पनि पुरिएको थियो।