१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
साेनाी राई
२o८१ बैशाख ३० आइतबार १३:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सोलुखुम्बुमा आगलागी हुँदा एक घर जलेर नष्ट

Read Time : < 1 मिनेट
साेनाी राई
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १३:o३:oo

सोलुखुम्बुमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । जिल्लाको सोताङ गाउँपालिका–३ खाउसेमा शनिबार बिहान २ बजे स्थानीय कुविरधन राईको ढुंगा र माटोले बनेको दुईतले घरमा आगोलागी भएको हो । 

विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट पाँच लाख ५० हजार नगदसहित, अन्नपात, लत्ताकपडा, भाडाबर्तन जलेर नष्ट भएको प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए । उनका अनुसार मानवीय क्षति भने भएको छैन ।  

आगलागी भएको सूचना पाउनासाथ इलाका प्रहरी कार्यलय सोताङबाट प्रहरी परिचालन गरिएको थियो । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताइएको छ ।  
 

ad
ad