१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ माघ १ शनिबार ०८:२८:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

हेल्प नेपालले आर्मीको सामना गर्ने

Read Time : < 1 मिनेट
२०७८ माघ १ शनिबार ०८:२८:००

हेल्प नेपाल स्पोर्टस् क्लब र त्रिभुवन आर्मीबीच दोस्रो टाइगर कप खुला क्लब च्याम्पियनसिप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा हुने भएको छ । यसैगरी महिलातर्फ आर्मीले नेपाल एपिएफ क्लबको उपाधि भिडन्तमा सामना गर्नेछ । टाइगर गुप्र अफ पोखराको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा हेल्प नेपाल चार खेलबाट १० अंक जोड्दै पुरुषतर्फ शीर्ष स्थान रक्षा गर्दै फाइनल स्थान सुरक्षित गरेको हो । 

दोस्रो स्थानमा रहेको आर्मीले चार खेलबाट ९ अंक बनायो । शुक्रबार सम्पन्न राउन्ड रोविन लिगको चौथो खेलमा हेल्प नेपालले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्‍यो । हेल्प नेपालले गण्डकीलाई  २५–१८, २५–१६ र २५–२३ ले पाखा लगाएको हो । पहिलो संस्करणको उपविजेता आर्मीले नेपाल पुलिस क्लबलाई सोझो ३–० को सेटले पराजित गरेको थियो । खेलमा आर्मीले २५–१५, २५–१८ र २५–१३ ले विजयी भएको हो । 

भारतीय टोलीकी कप्तान बिनितसहित अन्य तीन भारतीय खेलाडी सम्मिलित हेल्प नेपाल र नेपाली राष्ट्रिय खेलाडीले भरिएको आर्मीबीचको फाइनल खेल रोचक हुने अनुमान गरिएको छ । प्रतियोगितामा पुलिस ८ अंकका साथ तेस्रो र साविक विजेता गण्डकी तीन अंकका साथ चौथो स्थानमा रह्यो । अर्को विभागीय टोली एफिएफ अन्तिममा रहेको थियो ।

महिलातर्फ राउन्ड रोविन लिगमा सर्वाधिक ९ अंक बटुलेको आर्मी शीर्ष स्थानमा रह्यो । आठ अंकसहित एपिएफ दोस्रो स्थानमा रही फाइनलमा आर्मीसँगको भिडन्त पक्का गरेको हो । आर्मीले पुलिसलाई ३–१ को सेटमा पराजित गरेको थियो । खेलमा आर्मी २१–२५, २५–१८, २५–२० र २५–१३ सहित विजयी भएको थियो । महिलातर्फको अर्को खेलमा पुलिसले न्यु डायमन्डलाई सोझो सेटमा २५–२०, २५–२० र २५–२३ ले पराजित गरेको थियो । न्यु डायमन्ड
सात अंकका साथ तेस्रो, पुलिस ६ अंकका साथ चौथो स्थान बनाउँदा आयोजक टोली जितविहीन रहन पुग्यो ।