१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format o९:२२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कर्णाली प्रदेश सभामा तीन अध्यादेश पेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:२२:oo

कर्णाली प्रदेश सभामा तीन अध्यादेश पेस भएका छन् । बैठकमा कर्णाली प्रदेश लोकसेवा आयोग दोस्रो संशोधन अध्यादेश, २०७८, प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका सर्त र सुविधासम्बन्धी अध्यादेश, ०७८ तथा कर्णाली प्रदेश खेलकुद विकास पहिलो संशोधन, २०७८ पेस भएका हुन् ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले ती अध्यादेश पेस गरे । मन्त्री विष्टले कर्णाली प्रदेश विनियोजन विधेयक, २०७८ र कर्णाली प्रदेश आर्थिक विधेयक, २०७८ सभाबाट फिर्ता लिन पनि सभासमक्ष प्रस्ताव पेस गरेका छन् ।

सभाको बैठक चालू नभएको अवस्थामा प्रदेश प्रमुखबाट प्रदेश सरकारका नियमित कार्य सञ्चालनका लागि कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८ र कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८ जारी गर्न अतिआवश्यक भएकाले प्रदेश सभा नियमावली, २०७४ नियम ७३ बमोजिम उक्त अध्यादेश सभासमक्ष पेस गरेको विष्टले बताए ।