मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ३० शुक्रबार ०७:५०:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चार स्ट्रोकले  शुक्रबहादुर अगाडि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ३० शुक्रबार ०७:५०:००

शुक्रबहादुर राईले सूर्य नेपाल सेन्ट्रल ओपन प्रतियोगितामा स्पष्ट चार स्ट्रोकको अग्रता लिँदै शीर्ष स्थान बलियो बनाएका छन् । सूर्य नेपाल गल्फ टुर २०२१/२२ अन्तर्गत गोकर्ण गल्फ क्लबमा भइरहेको प्रतियोगितामा बिहीबार शुक्रबहादुरले ११ अन्डर दुई सय पाँच स्कोर गरेका छन् । भुवन नगरकोटी सात अन्डर दुई सय नौ स्कोरका साथ दोस्रो स्थानमा छन् । 

यसैगरी रवि खड्का तेस्रो स्थानम रहँदा उनले पाँच अन्डर दुई सय ११ स्कोर गरे । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका दोहोरो स्वर्णपदकधारी सुवास तामाङ चौथो स्थानमा छन् । उनले समग्रमा चार अन्डर दुई सय १२ स्कोर गरेका छन् । रामे मगर पाँचौँ स्थानमा छन् । उनले तीन ओभर ७५ को स्कोर गरे । छैटौँ स्थानमा रहेका सदभव आचार्यले एक अन्डर ७१ को स्कोर गरे । निरज तामाङ दुई ओभर ७४ स्कोरका साथ सातौँ स्थानमा छन् ।

चौथो दिनमा शुक्रबहादुरले फ्रन्ट नाइनमा तीन अन्डर ३३ र ब्याक नाइनमा एक अन्डर ३५ स्कोर गरेका थिए । उनले तेस्रो, सातौँ, नवौँ र ११औँ होलमा वर्डिज निकाल्न सफल भए ।