१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार o७:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

भारोत्तोलनमा गणेशको राष्ट्रिय कीर्तिमान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:५९:oo

नेपाल प्रहरीका गणेश रानाभाटले २४औँ पुरुष राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय कीर्तिमान राखेका छन् । सिनियर पुरुष ५५ केजी तौल समूहमा रानाभाटले क्लिन एन्ड जर्कमा १०१ केजी भार वहन गर्दै कीर्तिमान राखेका हुन् ।

उनले सेनाका तुलाराम महतोले मंगलबारै राखेको सय केजीको कीर्तिमानलाई भंग गरेका हुन् । महतोले काठमाडौंमा आयोजना भएको तेस्रो सुनिललाल जोशी स्मृति भारोत्तोलन प्रतियोगितामा राखेको ९८ केजी तौलको कीर्तिमानमा सुधार गर्दै सय केजीको नयाँ कीर्तिमान कायम गरेका थिए । 

लगत्तै महतोको कीर्तिमानलाई रानाभाटले १०१ केजीका साथ तोड्दै कीर्तिमानमा आफ्नो नाम लेखाएका हुन् । पहिलो स्थानमा सेनाका तुलाराम नै रहे । उनले स्न्याचमा ८३ केजी, क्लिनमा सय केजी गरी समग्रमा एक सय ८३ केजी भार वहन गरे । दोस्रो स्थानमा गणेश रहेका छन् । उनले स्न्याचमा ७२ केजी, क्लिनमा १०१ केजी गरी समग्रमा १७३ केजी भार वहन गरे ।

नेपाल भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको सोही उमेर समूहको युथतर्फ पर्साका राजन पटेलले स्न्याचमा ४२, क्लिन एन्ड जर्कमा ६० केजी गरी कुलमा १०२ केजीका साथ स्वर्ण हात पारे । यस तौल समूहमा युथमा प्रतिस्पर्धा गर्ने उनी एक्ला खेलाडी थिए । यस्तै, जुनियरतर्फ बाँकेका विनित योगी थारूले स्वर्ण जिते । उनले स्न्याचमा ७० केजी, क्लिनमा ९० केजीका साथ कुलमा १६० केजी भारका साथ स्वर्ण हात पारेका हुन् । 

नवौँ राष्ट्रिय महिला भारोत्तोलनतर्फ युथ ४५ केजीतर्फ बर्दियाकी अरुणिमा थारूले स्वर्ण र सप्तरीकी अम्बिका यादवले रजत जितेका छन् । ४९ केजी युथमा सप्तरीकी अञ्जली यादवले स्न्याचमा ३५ केजी र क्लिनमा ४१ केजी गरी कुल ७६ केजीका साथ स्वर्ण प्राप्त गरिन् । जुनियरतर्फ ४५ केजीमा एक मात्र खेलाडी सप्तरीकी ज्योति मण्डलले स्न्याचमा ३५ केजी, क्लिनमा ४० केजी गरी कुलमा ७५ केजी भार वहन गर्दै स्वर्ण प्राप्त गरिन् । 

४९ केजीमा बर्दियाकी पवित्रा थापामगरले स्वर्ण जित्दा दाङकी सन्जना चौधरीले रजत पाइन् । दुई खेलाडीबीच भएको प्रतिस्पर्धामा थापामगरले स्न्याचमा ४५ केजी, क्लिनमा ५६ केजीका साथ कुल १०१ केजीका साथ स्वर्ण प्राप्त गरेकी हुन् । महिला ४५ केजी सिनियरतर्फ नेपाली सेनाकी मनीषा रानाभाटले स्वर्ण जितिन् । उनले स्न्याचमा ५२ केजी र क्लिनमा ६१ केजी गरी कुल ११३ केजी भार वहन गरिन् । महिला ४९ केजीतर्फ प्रहरीका संगीता राईले स्वर्ण र तिला राईले रजत पाइन् । 

ad
ad