मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शिक्षा मन्त्रालयद्वारा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४२:oo

शिक्षा मन्त्रालयले कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसीसी)को सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको छ। सिसिएमसिसीको सिफारिसअनुसार माघ १५ गतेसम्मका लागि मन्त्रालयले देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको छ। विद्यालय बन्द गराउने र मोडालिटी तयार पार्ने विषयमा मन्त्रालयमा सोमबार बैठक बसेको थियो। 

सिसिएमसिसीले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षामन्त्रालयले जनाएको छ। आइतबार बसेको सिसिएमसिसीको बैठकले विद्यालय बन्द गराउन मन्त्रालयलाई सिफारिस गरेको थियो। कोरोना संक्रमणदर बढ्न थालेपछि सिसिएमसिसीले शिक्षा मन्त्रालयलाई विद्यालय बन्द गराउन सिफारिस गरेको थियो।