टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ १० सोमबार
  • Monday, 24 January, 2022
मञ्जु टेलर काठमाडाैं
२०७८ पौष २२ बिहीबार ०६:३७:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बर्सेनि जोखिम निम्त्याउने संक्रमणविरुद्ध भ्याक्सिन छैन

भाइरसमा लगातार भइरहेका उत्परिवर्तनका कारण दीर्घकालीन सुरक्षा दिने भ्याक्सिन निर्माण गर्न नसकिएको वैज्ञानिकहरूको भनाइ

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७८ पौष २२ बिहीबार ०६:३७:००

सन् १०१९ देखि महामारीको रूप लिएको कोभिड संक्रमणविरुद्धको भ्याक्सिनको उपलब्धता अहिले विश्वको चासो बनेको छ । लगातार भाइरसमा भइरहेको उत्परिवर्तन नियन्त्रणका लागि विश्वभरका वैज्ञानिक भ्याक्सिनको क्लिनिकल ट्रायलमा जुटेका छन् भने दुई वर्षको अवधिमा विश्वभर ५९.७ प्रतिशत जनसंख्याले कोभिडविरुद्धको पहिलो मात्रा लगाइसकेका छन् । एक दर्जनभन्दा बढी देशले बुस्टर डोजसमेत प्रयोगमा ल्याएका छन् । तर, महामारीकै रूप लिएका एचआइभी, डे‌ँगु, मलेरियाजस्ता संक्रमण रोक्ने भ्याक्सिन भने दशकौँ बितिसक्दा पनि उपलब्ध छैन । 

एन्टिबायोटिक औषधिपछि खोप चिकित्सा क्षेत्रमा ठूलो उपलब्धि मान्ने गरिन्छ । हरेक वर्ष स्वरूप परिवर्तन हँुदै आउने विभिन्न भाइरस र संक्रमणविरुद्धका खोप निर्माणमा चिकित्सा क्षेत्रले ठूलो लगानी गर्दै आएको छ । प्रयोगशालामा दशकौँदेखि अनुसन्धानको चरणमा रहेका कतिपय संक्रमणविरुद्धको खोप निर्माण चुनौती बन्दै गएका छन् । एचआइभी, डेंगु, चिकनगुनिया, अमेरिकी ट्रिपानोसोमियासिस, साइटोमेगालो भाइरस, सिस्टोसोमियासिस, श्वासप्रश्वासमा असर गर्ने भाइरस, लिस्मेनाइसेसजस्ता संक्रमणविरुद्ध हालसम्म पूर्ण भ्याक्सिन उपलब्ध छैन । 

यसबाहेक मिडिल इस्ट रेस्पिरेटरी सिन्ड्रोम, लाइम, वेस्ट नाइल, जिका र हेपाटाइटिस सीजस्ता महामारी बन्न सक्ने केही भाइरलमा पनि कुनै भ्याक्सिन उपलब्ध छैन । साथै, क्षयरोग र विश्वव्यापी फ्लुविरुद्ध पनि दीर्घकालीन सुरक्षा भएको खोप उपलब्ध छैन । यी संक्रमणहरू विरुद्ध एन्टिबायोटिक र लक्षणको आधारमा उपचार भइरहेको छ । साथै औषधिहरूको माध्यमबाट भइरहे पनि संक्रमणहरूविरुद्ध खोप उपलब्ध भएमा सजिलै नियन्त्रणमा राख्न सकिने चिकित्साक्षेत्रको अध्ययनले पुष्टि गर्छ । 

एचआइभी
करिब ४० वर्षअघि देखिएको एचआइभी भाइरसको हालसम्म प्रभावकारी भ्याक्सिन उपलब्ध छैन । विश्वभर ३७.७ मिलियन मानिस एचआइभीसँगै बाँचिरहेको तथ्यांक छ । तर, एचआइभी संक्रमणविरुद्धका दुई खोप पछिल्लो एक दशकदेखि परीक्षणकै चरणमा छ ।

हाल एचभिटिएन ७०६ र एचभिटिएन ७०५ खोपको क्लिनिकल ट्रायल भइरहेको छ । सन् २०१९ देखि सुरु गरिएका यी अध्ययनहरू सन् २०२४ सम्म गरिने एचभिटिएनले जनाएको छ । विश्वव्यापी अध्ययन भइरहेका यी ट्रायल २००३ देखि २००९ सम्म गरिएको ‘आरभी १४४ थाई ट्रायल’ र सन् २०१६ देखि ०२१ सम्म भएको एचभिटिएन ७०२ अध्ययनसँग सम्बन्धित छन् । लगातार भइरहेका उत्परिवर्तनका कारण दीर्घकालीन सुरक्षा दिने भ्याक्सिन निर्माण गर्न नसकिएको वैज्ञानिकहरूले बताउँदै आएका छन् । 

चिकन गुनिया
अफ्रिका, एसिया र अमेरिकाका केही स्थानमा देखिएको चिकन गुनिया संक्रमणविरुद्ध पनि खोप उपलब्ध छैन । सन् २०१५ मा अमेरिकासहितका दर्जनौँ देशमा फैलिएको चिकन गुनियाको उपचार यसका लक्षणको आधारमा हुँदै आएको छ । लामखुट्टेको टोकाइबाट हुने यो संक्रमण पहिलोपटक सन् १०९२ मा दक्षिण तान्जिनियामा पुष्टि भए पनि हालसम्म खोप उपलब्ध छैन । 

चिकन गुनियाविरुद्ध पनि दुईवटा खोपमा क्लिनिकल ट्रायल भने भइरहेको छ । भारत बायोटेक इन्टरनेसनलले गत सेप्टेम्बरमा दोस्रो र तेस्रो चरणको ट्रायल कोस्टारिकामा सुरु गरेको छ भने पानामा र कोलम्बियामा पनि थप परीक्षण गरिएको जनाएको छ । यस्तै, फ्रान्सेली बायोटेक कम्पनी ‘भल्नेभा’मा भइरहेको अर्को अनुसन्धानले समेत स्वयंसेवकमा ९८.५ प्रशितमा एन्टिबडी उत्पादन भइरहेको दाबी गरेको छ । यद्यपि, हालसम्म कुनै खोपलाई समेत प्रयोगका लागि अनुमति दिएको छैन ।  यस्तै जिका भाइरसविरुद्ध पनि हालसम्म कुनै औषधि र खोपहरू उपलब्ध छैनन । हेपाटाइटिस सी, मिडिल इस्ट रेस्पिरेटरी सिन्ड्रोमजस्ता अन्य संक्रमणविरुद्ध समेत भ्याक्सिन बनीसकेको छैन । 

डेंगु
वर्षौदेखि डेंगु भाइरस संक्रमण चुनौतीपूर्ण बन्दै आए पनि डेंगुविरुद्धको दीर्घकालीन सुरक्षा दिने भ्याक्सिन अझै उपलब्ध छैन । डेंगुभ्याक्सिया (सिवाइडी–टीडिभी) नामक खोप भए पनि यो सबैलाई सहजै उपलब्ध छैन । यो डेंगुविरुद्धको पहिलो खोप भए पनि केही देशका ९ देखि ४५ वर्ष उमेर समूहमा मात्रै प्रयोग हुँदै आएको छ । यो भ्याक्सिन सन् २०१५ मा ल्याइएको थियो । 

डेंगु भाइरसमा हुने चारवटा सेरोटाइपहरूमध्ये यो भ्याक्सिनले एउटा सेरोटाइपविरुद्ध मात्रै काम गर्छ । यस्तै, यो भ्याक्सिन बालबालिका र वृद्धवृद्धाका लागि समेत उपलब्ध छैन । विशेषज्ञहरूका अनुसार एक भाइरल सेरोटाइपविरुद्ध प्रतिरक्षा एन्टिबडीहरू संक्रमित भएमा वा विकास गर्दा बिरामीलाई अर्को सेरोटाइपबाट थप गम्भीर संक्रमण हुन सक्ने भएकाले भ्याक्सिन प्रभावकारी मानिँदैन ।  भारतको नेसनल सेन्टर फर बायालोजिक साइन्सले डेंगुविरुद्धको डिएनए भ्याक्सिन निर्माण गरिरहेकोे छ । पछिल्लो समय प्रकाशित ट्रायल अध्ययनले भाइरसका चारवटै सेरोटाइपबाट ‘इडि आई आई आई’ नामक सबैभन्दा महत्वपूर्ण भाइरल प्रोटिनको एक भागबाट भ्याक्सिन निर्माण गरेको जनाएको छ ।