१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार १७:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

७२ केजी गाँजासहित दुईजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १७:३५:oo

इटहरी उपमहानगरपालिका– २० तरहराबाट ७२ किलो लागुऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् । आइतबार करिब साढे १२ बजे राति इटहरी– धरान सडक खण्डको तरहरामा चेकजाँचको क्रममा उनीहरूलाई सो परिमाणको गाँजासहित प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी खगेन्द्र खड्काले जानकारी दिए । 

तरहरा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकलमा सवार धनकुटा सहिदभूमि गाउँपालिका– १ का २४ वर्षीय विक्रम राई र सोही स्थानका ३३ वर्षीय संजीव राईलाई ७२ किलो गाँजासहित पक्राउ गरिएको हो । प्रहरीका अनुसार दुईवटा मोटरसाइकलमा धरानबाट इटहरी जाँदै गर्दा उनीहरूमध्ये एउटा मोटरसाइकलमा सवार दुईजनाकाे साथमा भएको झोला फाली धरानतिरै फर्केपछि अर्को मोटरसाइकललाई प्रहरीले पक्रेको हो । 

प्रदेश १–०२–०४२ प ६२१९ नम्बरको मोटरसाइकलमा सवार उनीहरू प्रहरीलाई देखेपछि साथमा रहेका झोला फालेर फर्कँदै गर्दा प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियो । प्रहरीले छेकेर उनीहरूलाई नियन्त्रणमा लिने क्रममा सञ्जीव राई घाइते भएका थिए । उनी लडेर टाउको, ढाड र हातखुट्टामा गम्भीर चोट लागेको डिएसपी खड्काले बताए । उनको विराटनगरस्थित नोबेल हस्पिटलमा उपचार भइरहेको छ ।

प्लास्टिकमा पोको पारिएको अवस्थामा दुईवटा झोलामा गाँजा फेला परेको थियो । एउटा मोटरसाइकल भने फरार भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूलाई जिल्ला अदालत सुनसरीबाट सोमबार म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको इप्रका इटहरीले जनाएको छ । 
 

ad
ad