१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ६ आइतबार १४:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रदीप पौडेलसहित थप तीन केन्द्रीय सदस्य मनोनीत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १४:३५:oo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदीप पौडेलसहित थप तीनजनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका छन् । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका जानकारी दिएका हुन् 

मनोनीत हुने तीनैजना १४औँ महाधिवेशनमा पदाधिकारीमा पराजित भएका थिए । नेता पौडेल देउवा प्यानलबाट महामन्त्रीमा र शाही सहमहामन्त्रीमा पराजित भएका थिए । गुरुङ भने सभापतिको पहिलो चरणको निर्वाचनमा सभापतिको उम्मेदवार थिए । 

सभापतिले केन्द्रीय कार्यसमितिमा ३३ जना मनोनीत गर्न पाउने व्यवस्था कांग्रेसको विधानमा छ । सोही व्यवस्थाअनुसार देउवाले शनिबार नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए । 


 

ad
ad