१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १६:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गोरखा मिनीट्रक दुर्घटना : दुई वर्षीया बालिकासहित तीनजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १६:२२:oo

गोरखामा भएको मिनीट्रक दुर्घटनामा मृतकको संख्या तीन पुगेको छ। शुक्रबार ११ बजे आरुघाटबाट माछाखोलातर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा दुई वर्षीया बालिकासहित तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

बा.५ख ६५६६ नम्बरको मिनीट्रक सडकबाट सय मिटर तल बुढीगण्डकीमा खसेको डिएसपी प्रकाश दाहालले बताए। दुर्घटनामा चालक धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ४ निवासी २३ वर्षीय नीराजन नेपाल, धार्चे गाउँपालिका– ३ उहियाकी शरणी गुरुङकी दुई वर्षीया छोरी सपना गुरुङ र पहिचान नखुलेका अन्दाजी २० वर्षीय पुरुषको मृत्यु भएको बताइएको छ। चालकको उपचारका लागि स्थानीय मेडिकल लैजाँदै गर्दा र अन्य दुईजनाको घटनास्थलमै मृत्यु भएको हो।

घाइते धार्चे– ३ उहियाका आसमान गुरुङको टाउको र शरीरको अन्य भागमा गम्भीर चोट लागेको छ। उनको आरुघाटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। यस्तै, घाइतेहरू धार्चे– ३ उहियाकै २६ वर्षीय शरणी गुरुङ र धार्चे–५ माछीखोलाकी अस्मिता गुरुङको थप उपचारका लागि प्रभु एयरको हेलिकाेप्टरबाट काठमाडौंस्थित टिचिङ अस्पतालमा पठाइएको  डिएसपी दाहालले जानकारी दिए।

दुर्घटनाको कारण खुलेको छैन। दुर्घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आरुघाट र जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी निरीक्षकसहितको टोली घटनास्थलतर्फ लागेको प्रहरीले जनाएको छ।

ad
ad