१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १४:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गोरखामा मिनीट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १४:२८:oo

गोरखामा मिनीट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो आरुघाटबाट माछाखोलातर्फ जाँदै गरेको बा.५ख ६५६६ नम्बरको मिनीट्रक दुर्घटना हुँदा दुईजना मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

गाडीमा सवार अन्य चारजना घाइते भएका डिएसपी प्रकाश दाहालले बताए। मिनीट्रक सडकबाट सय मिटर तल बुढीगण्डकीमा खस्दा चालक शिराचन नेपालसहित दुईजनाको मृत्यु भएको उनले जानकारी दिए। मृतक अर्का व्यक्तिको अझै सनाखत हुन सकेको छैन।

दाहालका अनुसार गम्भीर घाइते भएका धार्चे– ३ उहियाका आसमान गुरुङलाई थप उपचारका लागि गोरखा ल्याइएको छ। सोही वडाका २६ वर्षीय शरणी गुरुङ र उनकी दुई वर्षीया छाेरी सपना गुरुङ तथा धार्चे– ५ की अस्मिता गुरुङको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ad
ad