१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
प्रतिकात्मक तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १६ शुक्रबार ११:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मौसममा सुधार आएसँगै आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १६ शुक्रबार ११:४८:००

बाक्लो हुस्सु र कुहिरोका कारण रोकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु भएका छन्। घाम लागेसँगै विमानस्थलको भिजिबिलिटी सामान्य अवस्थामा आएपछि उडान र अवतरण पुनः सुरु भएको हो। 

शुक्रबार बिहानैदेखि विमानस्थलको भिजिबिलिटी सय मिटरमा झरेपछि उडान रोकिएका थिए। अहिले विमानस्थलको भिजिबिलिटी एक हजार १ सय मिटर पुगेको छ। घाम लागेसँगै ११ बजेदेखि पुनः उडान सुरु भएको विमानस्थल सुरक्षा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेन्द्र मैनालीले जानकारी दिए। उनका अनुसार अन्तर्राष्ट्रिय उडानका ६ वटा जहाज अवतरण भएका छन्। आन्तरिकतर्फ पोखरा, विराटनगर र भद्रपुरको उडानका लागि बोर्डिङ पास भएको छ।

बिहानैदेखि उडान र अवतरण रोकिएको विमानस्थलमा एयर ट्राफिक जाम बढेको छ, जसका कारण आज दिनभरको उडान तालिकाअनुसार समयमै जहाज नउड्ने विमानस्थल कार्यालयले जनाएको छ। मौसम प्रतिकूलताका कारण शुक्रबार बिहानैदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका थिए। मौसममा सुधार आएसँगै अहिले उडान पुनः सुरु भएको हो।