१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार o९:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी ५ माघदेखि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:५५:oo

चितवनमा ५ माघदेखि राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुने भएको छ । संघले चितवनको भरतपुर नगरपालिकामा रहेको चितवन एक्स्पो सेन्टरमा पाँचौँ प्रदर्शनी गर्ने भएको हो । 

प्रदर्शनी कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा हुन लागेको जनाइएको छ । नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, औद्योगिकीकरण, आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पु¥याउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागेको कृषि मेसिनरी व्यवसायी संघले जनाएको छ ।

प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारी खेती र प्रशोधन तथा बजारीकरणसम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामग्री, बिउबिजन, आधुनिक सिँचाइलगायतकोे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीहरूको सहभागिता रहने जनाइएको छ । 

उद्देश्य
प्रदर्शनीको उद्देश्य एकै थलोमा कृषिसम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्रहरू तथा सेवाहरूबारे जानकारी गराउनु रहेको जनाइएको छ । त्यस्तै, नीति–निर्माता, पेसागत समूह, अनुसन्धानकर्ता, कृषकलगायतका सरोकारवालालाई कृषि यन्त्र तथा प्रविधिसम्बन्धी जनकारी गराउने आयोजकले जनाएका छन् ।

कृषि यान्त्रीकरण प्रविधि तथा सेवाको आन्तरिक बजार प्रवद्र्धनमा योगदान पु-याउनु तथा कृषि यान्त्रीकरण व्यवसायी र कृषकबीच कार्यगत समन्वय गर्नु पनि प्रदर्शनीको उद्देश्य रहेको छ । प्रदर्शनीले लगानीको अवसर सिर्जना गर्ने, कृषि यन्त्र तथा प्रविधिसम्बन्धी विभिन्न क्षेत्रमा काम गरिरहेका उत्पादक, आयातकर्ता, वितरक, सेवाप्रदायक, नीति–निर्माता, कृषिविज्ञ र कृषकबीच समन्वय र सहकार्यको वातावरण सिर्जना गर्ने आयोजकको दाबी छ ।

त्यस्तै, नेपालको कृषिलाई यान्त्रीकरणमार्फत व्यवसायीकरण गरी प्रतिस्पर्धी तथा आधुनिक कृषि प्रणालीको विकास गर्नु मुख्य उद्देश्य रहेको आयोजकले जनाएका छन् । 

लक्षित प्रदर्शक
प्रदर्शनीमा कृषि औजार, उपकरण, प्रविधि, उत्पादक उद्यमी–व्यवसायीहरू, आयातकर्ता, वितरक, डिलर, सबडिलरहरू, सरकारी एवं गैरसरकारी संघ–संस्थाहरू, कृषिविज्ञ, अनुसन्धानकर्ता प्रदर्शकका रूपमा सहभागी हुने आयोजकको भनाइ छ । त्यस्तै, शैक्षिक संस्थाहरू, अनुसन्धान संस्थाहरू, सेवाप्रदायक, कृषक, कृषक समूह, सहकारी संघ–संस्थाहरू, बैँक तथा वित्तीय संस्थाहरू पनि प्रदर्शकका रूपमा सहभागी हुने जनाइएको छ । 

लक्षित अवलोकनकर्ता
प्रदर्शनी कृषक, कृषिकर्मी, नीति–निर्माता, उद्यमी, व्यवसायी, सरकारी एवं गैरसरकारी संस्थाहरू, कृषक समूह, कृषि सहकारी संस्था, विश्व विद्यालय तथा शोधकर्ताहरू, वैज्ञानिक, शिक्षक तथा विद्यार्थीका लागि उपयोगी हुने आयोजकको भनाइ छ । नागरिकले व्यावसायिक कृषिको महत्व बुझ्दै गएकाले लक्षित अवलोकनकर्ता उल्लेख्य संख्यामा सहभागी हुने आयोजकले जनाएका छन् । निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा सलोम एग्रिकल्चार प्रालि मुख्य प्रायोजक तथा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, मुक्तिनाथ विकास बैंक प्रायोजक रहेका छन् । 

प्रदर्शनीको आकर्षण
प्रदर्शनीमा एक सय ५० भन्दा बढी प्रदर्शनीकर्ताले सहभागिता जनाउने आयोजकले बताएका छन् । त्यस्तै, २० भन्दा बढी मुलुकका दुई हजारभन्दा बढी कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिहरू प्रदर्शनीमा रहने जनाइएको छ । प्रदर्शनीमा ७० जिल्लाका एक लाखभन्दा बढी अवलोकनकर्ता आउने आयोजकको अपेक्षा छ । २० करोड रुपैयाँभन्दा बढी कारोबार हुने अपेक्षा गरिएको प्रदर्शनीमा मेड इन नेपाल प्याभिलियन पनि रहने जनाइएको छ । यसका साथै कृषि यान्त्रीकरण प्रवद्र्धनसम्बन्धी गोष्ठी–सेमिनार र कृषिकर्जा मेला पनि हुने उल्लेख छ । 

ad
ad