१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ६ आइतबार १४:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

र्‍यापर आशिष राना ‘लाउरे’ पोखराबाट पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १४:o२:oo

चर्चित ‘र्‍यापर आशिष राना ‘लाउरे’लाई नेपाल प्रहरीले पोखराबाट पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगरसहित लाउरे गएराति पक्राउ परेका हुन्। उनी लागुऔषध सेवन तथा कारोबारमा समेत संलग्न रहेकोले पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । 

कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाले र्‍यापर लाउरेसहितको टोलीलाई लागुऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार लाउरेसँगै उनका चारजना साथी पनि पक्राउ परेका छन्। 

लाउरे गएराति पोखराको जाल्पा रोडबाट पक्राउ परेका थिए। पक्राउ परेकाहरू जिल्ला प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा छन् । पक्राउ परेका लाउरे रियालिटी शो हिमालय रोडिजका निर्णायक पनि हुन् ।

ad
ad