१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १३ आइतबार o७:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

झिनो अंकले बढ्यो नेप्से

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार o७:२९:oo

बुधबार नेप्से सूचक पाँच दशमलव ५१ अंकले बढेर दुई हजार पाँच सय २४ बिन्दुमा पुगेको छ । कारोबार अवधिभर नेप्से सूचक तलमाथि गर्ने क्रम जारी रहँदा छोटो समयमा लगानीकर्ताहरू नाफा बुक गर्ने होडले फराकिलो अंकको उतारचढावका बीच अन्तिम समयमा झिनो अंकले बढेर बन्द भएको हो ।

नेप्से सूचक दुई हजार तीन सयमाथिको टेवाबाट फर्किएसँगै बजार दुई हजार पाँच सयमाथिको टेवा खोजिरहेको छ । जसको संकेत बजार सूचक बियरिसबाट बुलिसतर्फ मुभ गर्न खोजिरहेको भन्ने बुझिन्छ । अहिले बजारमा साना किसिमका लगानीकर्ताहरू नाफा बुक गर्ने र ठूला लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहने हुँदा नेप्से सूचक प्रभावित बन्न पुगेको पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले बताइन् । सरकारी पक्षबाट पनि सेयर बजारमा नकारात्मक टिप्पणी आइरहेको र छोटो समयमा नाफ बुक गर्नेतर्फ लगानीकर्ता केन्द्रित हुँदा बजार स्थिर बन्न नसकेको पोखरेलको भनाइ छ । 

बुधबार कारोबारमा आएका १३ वटै समूहको सूचकमध्ये लगानीकर्ताहरू निर्जीवन बिमातर्फ आकर्षित भएको देखिएको छ । पछिल्लो समय लगानीकर्ताहरू क्षेत्रगत रूपमा आफ्नो लगानी बढाउन केन्द्रित हुन थालेको देखिन्छन् । अघिल्लो दिनका कारोबारहरूमा विकास बैंक र हाइड्रोतर्फ लगानी बढाएका लगानीकर्ता बिमा र माइक्रोफाइनान्सतर्फ लगानी बढाउन केन्द्रित भएका छन् । विकास बैंक वाणिज्य बैंक समूहको सूचक पनि यस दिन सकारात्मक बनेका छन् । अहिले अधिकांश लगानीकर्ताले लाभांश घोषणा र साधारणसभा पनि अन्तिम चरणमा पु¥याउँदै लगेका छन् । यसले पनि लगानीकर्ताहरू बाँडिएर लगानी बढाइरहेका छन् । 

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २८ स्क्रिप्टको ५६ लाख कित्ता÷इकाइ सेयर खरिद–बिक्री हुँदा तीन अर्ब ६२ करोड रूपैंयाको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन डिस्टिलरी कम्पनी रहेको छ । कम्पनीको ५२ करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा नबिल बैंक, मन्जुश्री फाइनान्स, नेपाल बंगालदेश बैंक, शिवम् सिमेन्टको सेयर मूल्य ४७ करोड रुपैयाँदेखि १२ करोड रुपैयाँसम्मको कारोबार भएको छ । 

बुधबारको कारोबारमा ९१ वटा क्रिप्टको सेयर मूल्य बढेको छ भने ८७ वटा स्क्रिप्टको सेयर मूल्यमा गिरावट आएको छ । मध्यभोटेकोसी जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ । यस कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै सर्किट मूल्यमा कारोबार हुँदै आएको छ । त्यस्तै, नेपाल बंगालादेश बैंकको सेयर मूल्य नौ प्रतिशतले बढेको छ । 

ad
ad