मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १७ शुक्रबार
  • Friday, 31 March, 2023
नयाँ पत्रिका नयाँ दिल्ली
२०७८ पौष ११ आइतबार १५:४४:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा खाद्य प्रशोधन कारखानामा विस्फाेट हुँदा ६ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँ दिल्ली
२०७८ पौष ११ आइतबार १५:४४:००

पूर्वी भारतको बिहार राज्यमा खाद्यान्न प्रशोधन गर्ने कारखानाभित्रको बोयलर विस्फाेट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। विस्फोटमा परी अन्य सातजना घाइते भएका अधिकारीहरूले बताएका छन्। बिहारको राजधानी पटनाबाट ७१ किलोमिटर उत्तरमा रहेको मुजफ्फरपुर जिल्लामा रहेको चाउचाउ बनाउने कारखानाभित्र बोयलर विस्फाेट भएको थियो।

उद्धार प्रयासहरू भइरहेको मुजफ्फरपुरका जिल्ला मजिस्ट्रेट प्रवण कुमारले बताएका छन्। विस्फाेटपछि उद्धारकर्ता र दमकललाई घटनास्थलमा खटाइएको छ र अनुसन्धान भइरहेको छ। विस्फाेट यति भीषण थियो कि यस क्षेत्रको छेउछाउका कारखानाका टेरेसमासमेत क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन्। विस्फाेटले इलाकामा आतंक मच्चाएको र स्थानीय बासिन्दाहरू घरबाट बाहिर निस्केका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। रासस/सिन्ह्वा