१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका न्युयोर्क
Invalid date format १६:५९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

क्रिसमसको दिन साढे चार हजारभन्दा बढी उडान रद्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, न्युयोर्क
नयाँ पत्रिका
Invalid date format १६:५९:oo

विश्वका धेरै देशमा मनाइने क्रिसमस पर्वको दिन चार हजार ५०० भन्दा बढी विमान उडान रद्द भएका छन्। अत्यधिक यात्रा हुने दिनका रूपमा समेत चिनिने क्रिसमसका दिन शनिबार यति धेरै विमान सेवा रद्द भएको अधिकारीहरूले जनाएका छन्।

कोरोना भाइरसको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोनको संक्रमण थप फैलिने डरले क्रिसमसकै दिनको उडान पनि रद्द भएको हो। त्यसैगरी, अरू हजारौँ उडानमा ढिलाइ पनि भएको उडानसम्बन्धी सूचना प्रवाह गर्ने वेबसाइड फ्लाइट अवेर डटकममा उल्लेख गरिएको छ।

उडान रद्द तथा ढिलाइ हुँदा अमेरिकी राष्ट्रपति जो वाइडेनसहित विश्वका प्रभावशाली व्यक्तिसमेतलाई असर परेको छ। यसअघि गत शुक्रबार मात्रै २४ सयभन्दा बढी उडान रद्द भएका थिए भने ११ हजारभन्दा बढी उडानमा ढिलाइ भएको थियो। यो समाचार तयार पार्दासम्ममा आगामी आइतबारका लागि तय भएका ६०० भन्दा बढी उडान पनि रद्द भइसकेका र अरू पनि धेरै उडा रद्द हुन सक्ने बताइएको छ। रासस/एएफपी