१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o८:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

लगातार तेस्रो दिन नेप्सेमा सुधार, लगानीकर्ताको आकर्षण बिमातर्फ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:५९:oo

साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से बढेको छ । नेप्से सूचक लगातार तेस्रो दिन बढेको हो । नेप्से १२ दशमलव ५३ अंकले बढेर दुई हजार पाँच सय २० दशमलव २३ बिन्दुमा पुगेको छ । 

बिहीबार लगानीकर्ताको आकर्षण निर्जीवन बिमा र जीवन बिमातर्फ देखिएको छ । यसअघि आकर्षण देखिएको हाइड्रोपावर र विकास बैंकतर्फ लगानीकर्ताको उत्साह घटेको छ । हाइड्रोपावरतर्फका अझै १५ वटा कम्पनीहरूले यसै महिनाभित्र साधारणसभा गर्ने घोषणा गरेका छन् । घोषणा गरेका कम्पनीहरूलाई बोनस सेयर पारित गर्न हतारो बढेको छ । अहिले हाइड्रोका लगानीकर्ता बोनस सेयर खाने र ‘पर्ख र हेर’को अवस्थामा रहेको देखिन्छन् ।

राष्ट्र बैंकले बुधबार आयोजित पत्रकार सम्मेलनमा पुँजी बजारबारे सकारात्मक रहेको जानकारी दिएको थियो, बैंकमा तरलता अभाव कायमै रहे पनि सरकारले गरेका निर्णयहरूले नेप्सेलाई पछिल्लो समय सकारात्मक सेन्टिमेन्ट प्रभाव पारेको देखिन्छ ।

निर्जीवन बिमा समूहको सूचक तीन दशमलव ५६ प्रतिशत बढेको छ भने जीवन बिमा समूहको सूचक १ दशमलव ५४ प्रतिशतले बढेर यी समूहका लगानीकर्ताले आज सर्वाधिक नाफा आर्जन गरेका छन् । निर्जीवन बिमा समूहका १२ वटा कम्पनीको सेयर कारोबार भएकोमा १० कम्पनीको सेयर मूल्य बढेको छ भने दुईवटा कम्पनीको मूल्य घटेको छ । शिखर इस्योरेन्स कम्पनीको १० प्रतिशत बढेर सर्किट मूल्यमा कारोबार भएको छ । त्यस्तै, नेको इस्योरेन्स र एनएलजी इस्योरेन्स, सानिमा जनरल इस्योरेन्सको सेयर मूल्यमा उलेख्य सुधार आएको छ । यस्तै, जीवन बिमा समूहका १० वटै कम्पनीको सेयर मूल्य बढेको छ । 

कारोबारमा आएकामध्ये ९९ वटा स्क्रिप्टकोे सेयर मूल्य बढेको छ भने ८७ वटा स्क्रिप्टको सेयर मूल्य घटेको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २९ वटा स्क्रिप्टको ८३ लाख कित्ता–इकाइ सेयर किनबेच हुँदा चार अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । पछिल्लो दुई कारोबार रकममा सुधार आएको छ । हिमालयन डिस्टिलरी कम्पनीको सबैभन्दा बढी ३६ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । गोर्खाज फाइनान्स, अरुण भ्याली हाइड्रोपावर, जीवन विकास लघुवित्त, अपि पावर कम्पनीको सेयर २० करोडदेखि १२ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।

बरुण हाइड्रोपावर, जीवन विकास लघुवित्त, नारायणी डेभलपमेन्ट, नेको इस्योरेन्स, शिवम् सिमेन्ट, एनमबी माइक्रो फाइनान्सको सेयर मूल्य ५ प्रतिशतदेखि ९ प्रतिशतमाथि बढेको छ । 

गतिविधि
मध्य भोटेकोसी जलविद्युत् कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ६ करोड कित्ता नेप्सेमा सूचीकृत भएको हो । जसमध्ये ९० लाख कित्ता साधारण सेयरका लागि, ६० लाख कित्ता आयोजना प्रभावित जिल्लावासीका लागि, सञ्चयकर्ता तथा कर्मचारीका लागि एक करोड १७ लाख कित्ता, ऋणदाता संस्थाका कर्मचारीको ६ लाख कित्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीका लागि छुट्याइएको २१ लाख कित्ता, कम्पनी संस्थाहरूले लगानी गरेको तीन करोड ६ लाख कित्ता गरी कुल ६ करोड कित्ता सेयर सूचीकृत भएको हो । 

ad
ad