१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o७:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सेन्ट्रल जोन भलिबल : श्रीलंकामाथि नेपालको कठिन जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:३९:oo

साविक विजेता नेपाली महिला भलिबल टोलीले एभिसी एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिताअन्तर्गत श्रीलंकामाथि कठिन जित हात पारेको छ । नेपालले प्रतिस्पर्धात्मक ३–२ को सेटमा बिहीबार श्रीलंकालाई निराश पारेको हो । सुरुवाती दुई सेटमा नेपाल पछि परेको थियो । त्यसपछि उत्कृष्ट प्रदर्शन गरी लगातार तीन सेट जित्दै प्रतियोगितामा सानदार सुरुवात गरेको हो ।

नेपाल पहिलो सेटमा १९–२५ र दोस्रो सेटमा २१–२५ ले पछि परेको थियो । पहिलो दुई सेटको गल्ती सच्याउँदै खेलाडीहरूले तेस्रो सेटमाथि २५–१५ ले कब्जा जमाए । चौथो सेटमा श्रीलंकन खेलाडीको गल्तीमा नेपालले २५–१९ ले बाजी मार्‍यो । खेलको पाँचौँ तथा अन्तिम सेटमा नेपाली खेलाडीले धैर्य देखाए । यो सेटमा नेपालले झिनो दुई अंकको अन्तरमा १५–१३ ले जित्यो । अब नेपाली महिला टोलीले २४ डिसेम्बरमा माल्दिभ्ससँग खेल्नेछ । २५ डिसेम्बरमा घरेलु टोली बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपालले लिगको अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्नेछ । लिगकम नकआउट चरणपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ । तेस्रो र चौथो स्थानको टोलीले २८ डिसेम्बरमा तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । 

जितपछि पनि खुसी छैनन् प्रशिक्षक भट्ट
नेपालले श्रीलंकामाथि कठिन जित निकाली प्रतियोगितामा उत्कृष्ट सुरुवात गरे पनि टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट भने खुसी छैनन् । उनले खेलाडीको प्रदर्शन सन्तुष्ट हुन लायक नभएको प्रतिक्रिया दिएका छन् ।

‘यसअघि पनि श्रीलंकालाई दक्षिण एसियाली खेलमा नेपालले हराइसकेको थियो, यसकारण उनीहरूलाई हराउनुपर्ने दबाब थियो,’ भट्टले भने, ‘खेलाडीहरू दुई सेट अत्यन्तै दबाबमा खेलेको पाएँ ।’ प्रशिक्षक भट्टले पहिलो दुई सेटमा खेलाडीले २० प्रतिशत मात्र प्रदर्शन गरेको बताए । ‘हामीले खेल्ने खेलको २० प्रतिशत पनि प्रदर्शन गर्न नसक्दा सुरुवाती दुई सेट गुमाएको हो,’ भट्टले भने, ‘यसकारण नै खेलबाट सन्तुष्ट हुन नसकेको हो ।’ उनले ब्लक र स्पाइक सर्भिस सन्तोषजनक नभएको जनाए।

पुरुषतर्फ नेपाल पराजित
एभिसी एसियन सेन्ट्रल जोन भलिबल प्रतियोतिगाअन्तर्गत पुरुषतर्फ नेपाल आयोजक बंगलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको छ । पाँच वर्षअघि नेपाली पुरुष भलिबल टोलीले सेन्ट्रल जोनमा कांस्यपदक जितेको थियो । एसियन लेभलमा नेपालले पुरुष भलिबलबाट प्राप्त गरेको अन्र्ताष्ट्रिय पदक यही नै थियो । 

ढाकाको मिरपुरस्थित साहिद सुरवार्दी इन्डोर रंगशालामा बिहीबार सम्पन्न खेलमा नेपालले बंगलादेशलाई कुनै पनि समयमा बलियो रूपमा प्रस्तुत गर्न सकेन । पहिलो सेटको सुरुवातमा नेपालले बंगलादेशलाई नजिकबाट चुनौती दिएको थियो । तर, बंगलादेशी खेलाडीले घरेलु समर्थक र कोर्टको फाइदा उठाउँदै नेपालमाथि एक पक्षीय जित निकाले । 

नेपालले पहिलो सेट १७–२५ ले गुमाएको थियो । दोस्रो सेटमा पनि बंगलादेशले २५–१७ कै अन्तरमा पाखा लगायो । पहिलो तुलनामा दोस्रो सेटमा नेपालले बंगलादेशलाई १३–१३ को बराबरीसम्म रोकेको थियो । यो अवस्थामा नेपालले थप पाँच अंक मात्र जोड्यो । बंगलादेशले २५–१७ ले सेटमाथि कब्जा जमायो । तेस्रो सेट नेपालले बंगलादेशलाई २५–१९ ले नतिजा सुम्पियो । अब नेपालले दोस्रो खेलमा शुक्रबार उज्वेकिस्तानविरुद्ध खेल्नेछ । 

शनिबार नेपालको सामना श्रीलंकासँग हुनेछ । चौथो तथा अन्तिम खेलमा नेपालले आइतबार माल्दिभ्सविरुद्ध खेल्नेछ । प्रतियोगिता राउन्ड रोविन लिगअनुसार चलिरहेको छ । लिगको शीर्ष दुई टोली फाइनलमा पुग्नेछ । प्रतियोगिताको फाइनल मंगलबार हुनेछ ।

ad
ad