१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार o७:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सुदूरपश्चिम सेमिफाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o७:२२:oo

घरेलु टोली सुदूरपश्चिम धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रदेश २ लाई ८७ रनको अन्तरले हराउँदै सुदूरपश्चिमले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । 

टस हारेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४३ रन बनायो । सुदूरपश्चिमका लागि बिन्दु रावलले ५० रनको अर्धशतकीय पारी खेलिन् । ४५ बलको सामना गरेकी उनले चार चौका प्रहार गरिन् । ४४ बलमा ४६ रनको अवस्थामा रहँदा बिन्दुले पहिलो इनिङको अन्तिम बलमा चौका प्रहार गर्दै अर्धशतक पूरा गरेकी हुन् । सुदूरपश्चिमका रुवि पोदारले २१ रन, डल्ली भट्टले १५ तथा कविता जोशी र संगीता धामीले १३–१३ रन बनाए । प्रदेश २ का बिमला मगरले दुई तथा साना प्रविन र अनुराना चौधरीले एक–एक विकेट लिइन् ।

एक सय ४४ रनको विजय लक्ष्य पछ्याएको प्रदेश २  २० ओभरमा आठ विकेट गुमाउँदै ५६ रनमा समेटियो । प्रदेश २ का साना प्रविनले अविजित १४ रन जोडिन् । यस्तै, बिमला मगरले १२ रन बनाउँदा अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् । सुदूरपश्चिमका कविता जोशी र लक्ष्मी साउँदले दुई दुई विकेट लिइन् । ईश्वरी विष्टले एक विकेट लिइन् । 

बिहीबार नै भएको दोस्रो खेलमा एपिएफले अपराजित यात्रा कायम राख्यो । गण्डकी प्रदेशलाई एक सय १७ रनले हराउँदै एपिएफ समूह विजेता बनेको छ । एपिएफले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ५० रन बनायो । एपिएफका ममता चौधरीले ४३ रन बनाइन् । सरिता मगरले अविजित २६, रोमा थापाले २६ र ज्योति पाण्डेयले २४ रन जोडिन् । गण्डकी प्रदेशका लागि मनीषा उपाध्यायले एक विकेट लिइन् ।

ad
ad