१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o९:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा विस्तार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o९:४o:oo

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा जनशक्ति अभावबीच सेवा विस्तार गरिएको छ । लुम्बिनी प्रदेश सरकारले गौरवको योजनाका रूपमा लुम्बिनी प्रादेशिक अस्पतालको विकासको कामलाई अगाडि बढाए पनि यहाँ आवश्यक मात्रामा जनशक्ति व्यवस्थापन हुन सकेको छैन । जनशक्ति कम भए पनि अस्पतालले बुधबारबाट  थप चारवटा सेवा सुरु गरेको छ ।

अस्पतालमा थप १० वटा डायलाइसिस बेड, ट्रमा वार्ड, भिजिटिङ पास तथा कोभिड इमेरजेन्सी सेवा शुभारम्भ गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर इन्द्र ढकालले सेवाग्राहीलाई छिटो छरितो सेवा दिन र सरसफाइमा सहजताका लागि थप सेवाले मद्दत मिल्ने बताए । अस्पतालमा थप सेवा विस्तारका लागि आफूले पहल गरिरहेको भन्दै उनले अस्पतालको सेवा थप प्रभावकारी बनाउन जोड दिएको बताए । 

अस्पताल नर्सिङ इन्चार्ज ज्योति पौडेलले अस्पतालमा सेवा विस्तारसँगै जनशक्ति व्यवस्थापनमा ध्यान जानुपर्ने आवश्यकता औँल्याइन् । उनले स्थायी दरबन्दीको जनशक्ति कम रहेको भन्दै यसतर्फ ध्यान जानुपर्नेमा जोड दिइन्। 

नयाँ सेवाहरूको शुभारम्भ कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारूले जनशक्ति र स्रोत–साधनको उचित व्यवस्थापन गरी सेवा दिनुपर्नेमा जोड दिए । अस्पतालको प्रयास सकारात्मक रहेको उल्लेख गर्दै उनले समस्याहरू क्रमश: हल गर्दै लगिने बताए । 

मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशकै अग्रणी अस्पताल रहेको धारणा राख्दै स्वास्थ्य क्षेत्रमा यस अस्पतालले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए । अस्पताल विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईले अस्पतालमा विभिन्न थप योजनाबारे चर्चा गरेका थिए । 
 

ad
ad