१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १३:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संसदमा एमाले अवरोधबीच सभामुखले अघि बढाए बैठक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १३:३६:oo

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधबीच प्रतिनिधिसभाको बैठक सुरु भएको छ। एमाले सांसदले ‘पक्षपूर्ण व्यवहार बन्द गर’ भन्नेलगायतका नारा लगाउँदै बुधबार पनि प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन्। एमाले सांसदको अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले सदनको कार्य अघि बढाएका हुन्।

सभामुख सापकोटाले बैठक सुरु गर्ना साथ एमाले सांसदले बेल घेराउसहित नाराबाजी गर्दै प्रतिनिधिसभा अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएका हुन्। यता सभामुख सापकोटाले सभालाई अगाडि गराएर आफ्ना असहमति राख्न पटकपटक आग्रह गरे पनि एमाले सांसदले त्यसको बेवास्ता गर्दै पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद भन्ने नारा लगाएका थिए।

एमालेले आफ्नो पार्टीले कारबाहीका लागि सिफारिस गरेका माधव नेपालसहितका १४ जना सांसदलाई कारबाहीको सूचना टाँस नगरेर सभामुख सापकोटा आफैँ पार्टी फुटाउने षड्यन्त्रमा लागेका भन्दै संसद् बैठक अवरुद्ध पार्दै आएको छ।
 

ad
ad