१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १३:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले अवरोधका कारण राष्ट्रिय सभा बैठक आज पनि स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १३:५९:oo

प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण सोमबार बोलाइएको राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ। बैठकको सुरुवात हुनेबित्तिकै एमालेका सांसदहरूले उठेर अवरुद्ध पारेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरिएको घोषणा गरे। संसद् अवरुद्ध पार्नुअघि एमालेका सांसद देवेन्द्र दाहालले प्रमुख प्रतिपक्षी दल एमालेले उठाएको माग सम्बोधन नगरी संसद् बैठक चल्न नसक्ने पार्टीको अडान राखे। उनले सरकारले प्रमुख प्रतिपक्षी दल एमालेको माग सम्बोधन गर्न वार्तासमेत गर्न नचाहेको भन्दै आपत्ति जनाए। सांसद दाहालले आफ्ना पार्टीले कारबाही गरेका सांसदलाई संसदमै राखेर आफूहरूले सदन चल्न दिन नसक्ने पनि दोहोर्‍याए। 

यता, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले भने देशलाई अगाडि बढाउन सहज हुने भन्दै प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूलाई सदन सञ्चालनका लागि सहज बनाइदिन पटकपटक आग्रह गरे। एमालेका सांसदहरूले बैठक अवरुद्ध पारिरहेपछि राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष ०७६/७७ र ०७७/७८ का वार्षिक प्रतिवेदनहरू पेस गर्ने आजको कार्यसूची हटाइएको थियो।  अध्यक्ष तिमिल्सिनाले अर्को बैठकको सूचना टाँस गर्ने गरी बैठक स्थगित गरिएको घोषणा गरेका थिए।

ad
ad