१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दलको रूपान्तरणले समग्र देशको रूपान्तरणसँग अर्थ राख्छ : महामन्त्री शर्मा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:३४:oo

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलको रूपान्तरणले समग्र देशको रूपान्तरणसँग अर्थ राख्ने बताएका छन्। राजधानीमा सञ्चाकर्मीसँग कुराकानी गर्दै शर्माले यस्तो बताएका हुन्।

उनले कांग्रेस महाधिवेशनसँगै कांग्रेसमा नयाँ पुस्ता नेतृत्वमा उदाएको सन्दर्भमा यस्तो प्रतिक्रिया दिएका हुन्। ‘एउटा राजनीतिक दलको रूपान्तरण एउटा दल मात्रको होइन, समग्र देशको रूपान्तरणसँग अर्थ राख्छ,’ उनले भने, ‘चाहे त्यो कांग्रेस होस् या अन्य राजनीतिक दल।’

महामन्त्री शर्माले कांग्रेसमा रूपान्तरणसँगै सबै तहका नेतालाई संयोजन गरेर अघि बढ्नुपर्ने अवस्था आएको बताए। ‘कांग्रेसको ठूलो तप्का पार्टीभन्दा बाहिर रहेको अवस्था छ। सबैलाई संयोजन र समन्वय गरेर लैजानुपर्ने जिम्मेवारी हामीलाई छ,’ शर्माले भने। साथै उनले कांग्रेसलाई आमनिर्वाचनमा पहिलो पार्टी बनाउन लागिपर्ने बताए। महामन्त्री शर्माले आफूलाई प्राप्त जिम्मेवारी र आशामाथि प्रश्न उठ्ने अवस्था नआउने गरी पूरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।