१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद्को अवरोध हटाउन सत्तापक्षले पहल गर्नुपर्छ : महासचिव पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५३:oo

नेकपा एमालेका महासचिव शंकर पोखरेलले महाधिवेशनबाट पुस्तान्तरणमा एमाले पहिलो भएको र अरू पार्टीले त्यसको फलो गरेको दाबी गरेका छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपाको निरन्तरतामा रहेका र माधव नेपालसँग असहमति राखेका साथीहरूसँग विभेद नराखिएको उनले बताए।  सबैलाई एकै प्रकारको कामको जिम्मेवारी दिन नसकिने उनको भनाइ छ। पार्टीका तर्फबाट कारबाही गरिएका सांसदहरूलाई सभामुखले सूचना टाँस गरेकोले त्यसमा असहमति रहेको उनले बताए। उनीहरूको विषयमा टुंगो नलागेसम्म संसद् चल्न नसक्ने पोखरेलले बताए। ‘कि सभामुखले राजीनामा दिएर नयाँ प्रक्रिया अगाडि बढाउनुपर्‍याे नभए संसद् चल्न सक्दैन,’ उनले भने, ‘कारबाही गरिएका सांसदहरूको विषयमा सर्वोच्चमा मुद्दा दायर पनि गरेका छौँ। त्यसको फैसला आएको छैन। संसद्को अवरोध हटाउनका लागि सत्तापक्षले पहल गर्नुपर्छ। त्यसपछि संसद्का बिजनेसभित्र प्रवेश गर्छौँ।’ एमसिसीको विषयमा त्यसपछि मात्र प्रदेश गर्ने उनले बताए। एमसिसीको विषयमा सरकारले के गर्छ भन्नेबारे नै टुंगो नलागेको उनको भनाइ छ।

मत मिल्नेहरूसँग राष्ट्रिय सभाको निर्वाचनमा सहकार्य गरिने उनले बताए। ‘हामीलाई दिएको जनादेशलाई माधव नेपालबाट खण्डित गरिएको छ। यो  निर्वाचन जनादेशको प्रतिबिम्ब होइन, त्यसकारण हामी त्यति धेरै चिन्ता गर्दैनौँ,’ उनले भने, ‘हामी आमनिर्वाचनतर्फ केन्द्रित छौँ।’ उनले गठबन्धनको दिशा दक्षिणपन्थ र प्रतिक्रान्तितर्फ रहेको बताउँदै त्यसले परिवर्तनलाई उल्ट्याउने दाबी गरे। 

एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लगाएको आरोपबारे सोधिएको प्रश्नमा उनले त्यो सत्य भएको दाबी गरे। ‘माघ १९ पछि माओवादीले सार्वजनिक गरेको विज्ञप्तिले नै त्यसको प्रस्ट पार्छ। बाबुराम र प्रचण्डको अन्तर्कलहको समयमा पनि यी विषय आएका छन्। यो गलत कुरा होइन सत्य हो। तपाईंहरूले बाहिर ल्याइदिनुस् ।’ ओलीले प्रचण्डको राजासँग साँठगाँठ रहेको आरोप लगाएका थिए।