१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
रासस कालिकोट
२o८१ बैशाख ३० आइतबार १८:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कार्यकाल पूरा हुन लाग्दा पुनः मतगणना, वडाध्यक्षमा मल्ल एक मतले विजयी

Read Time : < 1 मिनेट
रासस कालिकोट
नयाँ पत्रिका कालिकोट
२o८१ बैशाख ३० आइतबार १८:५८:oo

विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा कालिकोटको खाँडाचक्र नगरपालिका– ७ को वडाध्यक्षमा रजबहादुर मल्ल पुनः एक मतले विजयी भएका छन् । स्थानीय तहको निर्वाचन २०७४ जेठ ५ गते भएको मतगणनामा मल्लका प्रतिद्वन्द्वी दीपक कार्कीले मतगणना चित्त नबुझेको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए। 

 एमालेको सूर्य चिह्नबाट विजयी भएका मल्लले कुल खसेको २९६ मतमध्ये १४२ मत पाएका थिए भने माओवादीको हँसिया हतौडा चिह्नबाट निर्वाचनमा लडेका कार्कीले १४१ मत पाएका थिए । कार्कीले मतपरिमाण चित्त नबुझेको भन्दै जिल्ला अदालत कालिकोटमा मुद्दा दायर गरेका थिए।

जिल्ला अदालत कालिकोटले मल्लको पक्षमा नै फैसला गरेपछि कार्कीले उच्च अदालत जुम्लामा मुद्दा दायर गरेका थिए। जिल्ला अदालत कालिकोटले सोही गणनालाई सदर गर्ने फैसला गरेको भए पनि उच्च अदालत जुम्लाले पुनः मतगणना गर्न आदेश दिएको र बुधबार पुनः मतगणना गर्दा मल्ल एक मतले विजयी भएको जिल्ला निर्वाचन कार्यालय कालिकोटका प्रमुख धनबहादुर मल्लले बताए। 

मतगणनामा १३ मत बदर भएको पुनः मतगणना हुँदा दलित महिलातर्फको उम्मेदवार रहेकी कुजी विकले पहिलोको भन्दा एक मत बढी पाएको कार्यालयका मल्लले बताए। स्थानीय  तहको निर्वाचन भएको झन्डै पाँच वर्ष पुग्न लाग्दा पुनः मतगणना गरिएको हो । 

ad
ad