१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o६:४७:oo
Read Time : > 10 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

१३४ पदका लागि ५४८ जनाको उम्मेदवारी (नामावली सहित)

Read Time : > 10 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:४७:oo

कांग्रेसको १४औँ महाधिवेशनमा १३ पदाधिकारीसहित कुल एक सय ३४ पदका लागि पाँच सय ४८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन भने आइतबार १२:१५ बजे गर्नेछ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार भएको मनोनयन दर्ताका क्रममा सभापति पदमा ६ जनासहित पाँच सय ४८ जनाको उम्मेदवारी दर्ता भएको छ । एक सय ३४ निर्वाचित र सभापतिले मनोनीत गर्ने ३३ गरी कांग्रेस केन्द्रीय कार्यसमिति एक सय ६७ सदस्यीय हुन्छ ।

पदाधिकारीतर्फ उपसभापतिमा सात, महामन्त्रीमा ६ र सहमहामन्त्रीतर्फ २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, केन्द्रीय सदस्यका लागि विभिन्न क्लस्टरमा गरी पाँच सय नौजनाको उम्मेदवारी परेको छ । 

सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । देउवा, कोइराला र सिंहको प्यानल नै बनेको छ । देउवा र कृष्णप्रसाद सिटौला समूहबीच समीकरण भएको छ । 

उपसभापतिका लागि सातजनाको उम्मेदवारी दर्ता भएको छ । दुईजना निर्वाचित हुने उपसभापतिका लागि देउवा समूहबाट पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार, कोइराला समूहबाट डा. चन्द्र भण्डारी र धनराज गुरुङ एवं सिंह समूहबाट सुजाता कोइरालाको उम्मेदवारी परेको छ । सिंहको समूहबाट दिव्यश्वरी शाहको तथा स्वतन्त्र रूपमा महेश आचार्यले पनि उपसभापतिमा उम्मेदवारी दिएका छन् ।

दुई महामन्त्रीका लागि देउवा समूहबाट डा. प्रकाशशरण महत र प्रदीप पौडेल, कोइराला समूहबाट मीनेन्द्र रिजाल र गगन थापा तथा सिंहको प्यानलबाट विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् । यसबाहेक सिंहको समूहबाट डा. राजाराम कार्कीले महामन्त्रीका लागि उम्मेदवारी दिएका छन् । पौडेल सिटौलानिकट युवा नेता हुन् । 

विधानअनुसार विभिन्न आठ क्लस्टरबाट आउने आठ सहमहामन्त्रीका लागि २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । सहमहामन्त्रीका लागि देउवा समूहबाट दलित क्लस्टरबाट मानबहादुर विश्वकर्मा, जनजातिबाट भीष्मराज आङ्देम्बे, मधेसी क्लस्टरबाट महिन्द्र यादव, खस आर्यबाट किशोर सिंह राठौर, थारूबाट उमाकान्त चौधरी, मुस्लिमबाट फरमुल्लाह मन्सुर, पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही र महिलाबाट डिना उपाध्यायको उम्मेदवारी परेको छ । चौधरी सिटौलानजिकका नेता हुन् । 

यसैगरी कोइराला समूहबाट सहमहामन्त्रीमा पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, खस–आर्यबाट देवराज चालिसे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, मधेसीबाट रामकृष्ण यादव, थारू क्लस्टरबाट तेजुलाल चौधरी, मुस्लिमबाट शेख वकिल र आदिवासी जनजातिबाट विकास लामाले मनोनयन दर्ता गराएका छन् । सिंह समूहबाट पिछडिएको क्षेत्रबाट चेतराज बरालको उम्मेदवारी परेको छ । यसबाहेक गंगा सुनार, सुरेन्द्रप्रसाद चौधरी र रञ्जित कर्णले पनि सहमहामन्त्री पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । 

त्यस्तै केन्द्रीय सदस्यतर्फ पाँच सय नौजनाको उम्मेदवारी परेको छ । समितिका अनुसार खुला केन्द्रीय सदस्यका लागि एक सय नौजनाले मनोनयन दर्ता गराएका छन् । खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित हुने व्यवस्था छ । नौजना निर्वाचित हुने महिला केन्द्रीय सदस्यका लागि ३१ जनाको मनोनयन परेको छ । 

प्रदेशतर्फको २१ जनाका लागि ६४ जना, समावेशीतर्फको ५४ जनाका लागि दुई सय ८३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै एक–एकजना निर्वाचित हुने अल्पसंख्यक केन्द्रीय सदस्यमा ६ जना र अपांगता भएका व्यक्तितर्फ १६ जनाको उम्मेदवारी दर्ता भएको छ । 

निर्वाचन समितिले तयार पारेको कार्यक्रम तालिकाअनुसार आइतबार बिहान ११ बजेसम्म मनोनयनपत्र फिर्ताको समय छ । दिउँसो १२ बजेर १५ मिनेटमा अन्तिम नामावली प्रकाशन गर्नेछ । सोमबार बिहान ८ बजेबाट राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतदान सुरु हुनेछ । चार हजार सात सय ४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । 

देउवा समूहका सहमहामन्त्री
दलित क्लस्टरबाट मानबहादुर विश्वकर्मा, जनजातिबाट भीष्मराज आङ्देम्बे, मधेसी क्लस्टरबाट महिन्द्र यादव, खस आर्यबाट किशोर सिंह राठौर, थारूबाट उमाकान्त चौधरी, मुस्लिमबाट फरमुल्लाह मन्सुर, पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही र महिलाबाट डिना उपाध्यायको उम्मेदवारी परेको छ । चौधरी सिटौलानजिकका नेता हुन् । 

कोइराला समूहका सहमहामन्त्री 
पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, खस–आर्यबाट देवराज चालिसे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, मधेसीबाट रामकृष्ण यादव, थारू क्लस्टरबाट तेजुलाल चौधरी, मुस्लिमबाट शेख वकिल र आदिवासी जनजातिबाट विकास लामाले मनोनयन दर्ता गराएका छन् । 

सिंह समूह र स्वतन्त्रबाट सहमहामन्त्री
सिंह समूहबाट पिछडिएको क्षेत्रबाट चेतराज बरालको उम्मेदवारी परेको छ । यसबाहेक गंगा सुनार, सुरेन्द्रप्रसाद चौधरी र रञ्जित कर्णले पनि सहमहामन्त्री पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । 

मधेसी कोटामा विनोद चौधरीको उम्मेदवारी
कांग्रेसका नेता एवं उद्योगी विनोद चौधरीले मधेसी कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । समृद्ध नेपाल बनाउने सपनाअनुरूप राजनीतिमा आएको उल्लेख गर्दै चौधरीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताए । ‘मैले मेरा लागि जीवनमा देखेका अधिकांश सपना पूरा हुँदै आएका छन्,’ उनले उम्मेदवारी घोषणा गर्दै भने, ‘अब, मेरो बाँकी रहेको सपना भनेको नेपाललाई समृद्ध र स्वाभिमानी राष्ट्रका रूपमा चिनाउने हो । नेपाली कांग्रेसको नेतृत्वमा राजनीतिक क्रान्तिहरू सफल भए र अब आर्थिक क्रान्तिको जिम्मेवारी पनि कांग्रेसकै हो ।’

उम्मेदवारको सूची
सभापति : कल्याण कुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा. शेखर प्रसाद कोइराला, विमलेन्द्र निधि र शेर बहादुर देउवा

उपसभापति : महेश आचार्य, सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ्ग, दिव्यश्वरी शाह, पूर्ण बहादुर खड्का, विजय कुमार गच्छदार

महामन्त्री : गगन कुमार थापा, डा. मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डा. राजाराम कार्की, प्रदीप पौडेल, डा. प्रकाश शरण महत

सहमहामन्त्री : कमला पन्त, डिना महालक्ष्मि उपाध्याय, मान बहादुर विश्वकर्मा, जीवन परियार, गंगा सुनार, बिकाश लामा, भीष्मराज आङदेम्बे, देवराज चालिसे, किशोरसिंह राठौर, रंजित कर्ण, रामकृष्ण यादव, महेन्द्र यादव, फरमुल्लाह मंसुर, शेख वकील, सुरेन्द्र प्रसाद चौधरी, तेजु लाल चौधरी, उमाकान्त चौधरी, बद्री पाण्डे, जीवन बहादुर शाही, चेतराज बजाल

खुलातर्फको केन्द्रीय सदस्य पुरुष (३५) : मदन बहादुर अमात्य, लक्ष्मण बहादुर बस्नेत, जिप छिरिङ लामा, रविन्द्र मान श्रेष्ठ, राजेन्द्र बजगाई, मोहन प्रसाद बराल, हरि प्रसाद नेपाल, जित जंग बस्नेत, आनन्द राज त्रिपाठी, उत्तर बहादुर ऐर, शंकर तिवारी, डिकेन्द्र राज कडेल, डा. दामोदर भुसाल, भरत कुमार शाही, दिनेश कोइराला, दिपक वावु कँडेल, प्रमोदहरी गुरागाई,  सुरेन्द्र हमाल, विना पौडेल, प्रकाशसिंह कार्की, कृष्ण प्रसाद कुईकेल, डा. टि.एन. योगी,  मनोजमणी आचार्य, कुन्दनराज काफ्ले, डा. सुरेश चन्द्र चालिसे, बल बहादुर के.सी., शिवराज जोशी, डा. मुकेशराज काफ्ले, क्षितिज भण्डारी, हर्ष बहादुर बम, राजकृष्ण अमात्य, जनक राज गिरी, गोकर्ण पौडयाल, सुनील वहादुर थापा, अर्जुन नरसिंह के.सी., रामहरि खतिवडा, तारिणी दत्त चटौत, डा. राम शरण महत, सुधिर कुमार शिवाकोटी, शिवकाुमार गुर्मछाने, बल वहादुर कुँवर, मनोज खड्का, अजयबाबु शिवाकोटी, पुरुषेतम लामीछाने, गंगाधर तिवारी, नरेश वहादुर सिंह, दिपक गिरी, टेकराज पौडेल, प्रा.डा. गोविन्द राज पोखरेल, धावा गुरुङ (खेलकुद दावा), गणेश वहादुर खड्का, डा. शुरेश मल्ल, नैन सिंह महर, शम्भुलाल श्रेष्ठ, प्रविन वन, शारदा पौडेल, दिलेन्द्र प्रसाद बडू, डा. अवुल हुसेन अन्सारी, उदय शम्शेर राणा, उमेशजंग रायमाझी, हर्क बहादुर देउवा, सञ्जय कुमार गौतम, उत्तम कुमार चापागाई, प्रा.डा. तीर्थराज खनिया, भिमार्जुन आचार्य, शशांक कोइराला, दिवाकर गौतम, त्रैलोक्य प्रताप सेन, गणेश प्रसाद बिमली, शंकर भण्डारी, गोपालमान श्रेष्ठ, सुवासकुमार पोखरेल, केदार कार्की, डा. गोपाल दहित, सुरेन्द्र राज पाण्डे, राजेन्द्र बहादुर गोर्खाली, यज्ञ बहादुर थापा, वीरेन्द्र कुमार कानोडिया, मोहन बहादुर बस्नेत, गोविन्द बहादुर रानाभाट, ज्ञानेन्द्र बहादुर कार्की, कृष्ण किशोर घिमिरे, रमेश लेखक, विमल राज क्षेत्री (गायक), खगेन्द्र प्रसाद तिवारी, भरत प्रसाद लम्साल, तिलक बहादुर रानाभाट, दीपक भट्टराई, राजिव ढुंगाना, पद्म नारायण चौधरी, बालकृष्ण खाण, गणेश बहादुर विष्ट, गुरु बराल, मथुरा प्रसाद घिमिरे, गोविन्द भट्टराई, प्रेम बहादुर खड्का, डा. रामशरण थपलिया, ई. मोहन आचार्य, धु्रव प्रसाद पौडेल, हस्त बहादुर मल्ल, लोकेश ढकाल, गणेश लामा, रत्न बहादुर कार्की, एन.पी. साउद, मंगल प्रसाद थारु, केशब थापा,  इश्तियाक महमद खाँ, देवी प्रसाद चौधरी, डा. खगेन्द्र पाण्डव अधिकारी, मुरारी प्रसाद आचार्य, 

केन्द्रीय सदस्य महिला खुला (९) : अनिता देवकोटा, शुसीला ढकाल आचार्य, डा. डिला संग्रौला, गौरी कुमारी श्रेष्ठ, सिता देवी देवकोटा, किरण कोइराला, बासना थापा, उमा दाहाल, ईश्वरी न्यौपाने, अम्विका बस्नेत, पुष्पा भूसाल, रुक्मीणि देवी कोइराला, उषा कुमारी राउत, रमा कोईराला पौडेल, अम्बीका शर्मा लामिछाने, अम्बिका सुबेदी, मोदती के.सी., धन खतिवडा, रिता दवाडी, रंगमती शाही, बिजुला बर्मा राणा, सरिता प्रसाई, तुलसा पन्त, आरजु राणा देउवा, कल्पना अधिकारी, नम्रता बराल, शान्ति कार्की, मीना कुमारी थापा, सावित्री बोगटी (पाठक), अकला गुरुङ्ग, जमुना ढकाल, 

केन्द्रीय सदस्य प्रदेश नं. १ (महिला १, खुला २) : लिलादेवी बोखिम लिम्बु, महेन्द्र कुमारी लिम्बु, गोमा कुमारी भट्टराई, इन्दिरा थापा, सिता पौडेल, आनन्द सन्तोसी राई, खिलराज बस्नेत, अनिल कृष्ण प्रसाई, अमृत अर्याल, वीरवल राई, जनार्दन राम निरौला, राजिव कोइराला, सुमित्रा थरुनी, 

केन्द्रीय सदस्य प्रदेश नं. २ (महिला १, खुला २) : गिता चौधरी, चित्रलेखा यादव, आनन्द प्रसाद ढुङ्गाना, जंगी लाल राय, रमेश रिजाल

केन्द्रीय सदस्य बाग्मती प्रदेश (महिला १, खुला २) : कृष्णा अमात्य, विष्णु देवी पुडासैनी, उर्मिला नेपाल के.सी., रमेश प्रसाद धमला, राजेन्द्र कुमार के.सी., मनोज राना, ध्रुव प्रसाद अधिकारी, ध्यानगोविन्द रञ्जित, राजु राज जोशी, निमा ग्याल्जेन शेर्पा

केन्द्रीय सदस्य गण्डकी प्रदेश (महिला १, खुला २) : कृष्णा अमात्य, विष्णु देवी पुडासैनी, उर्मिला नेपाल के.सी., ध्रुव वाग्ले, कृष्णचन्द्र नेपाली पोखरेल, रेशम बहादुर बानियाँ, सोभियत बहादुर अधिकारी

केन्द्रीय सदस्य लुम्बिनी प्रदेश (महिला १, खुला २) : शिला शर्मा खड्का, रिता सेन ओली, भगवती काफ्ले (भण्डारी), कमल प्रसाद भुसाल, वम बहादुर डि.सी., लेखनाथ पोख्रेल, देवेन्द्रराज कण्डेल, महेन्द्र कुमार शर्मा, गजेन्द्र बहादुर हमाल, चन्द्र बहादुर के.सी., माधव प्रसाद आचार्य, प्रदिप राज शर्मा

केन्द्रीय सदस्य कर्णाली प्रदेश (महिला १, खुला २) : जानकी सिंह, मैना कार्की रावल, नारायण प्रसाद भट्टराई, हृदय राम थानी, राजीव विक्रम शाह, दीनबन्धु श्रेष्ठ, कर्ण बहादुर बुढा

केन्द्रीय सदस्य सुदुरपश्चिम प्रदेश  (महिला १, खुला २) : चन्द्रा देवी जोशी, रमिता शाही देउवा, सुशीला मिश्र भट्ट, भक्त बहादुर बलायर, भरत बहादुर खड्का, दिवान सिंह विष्ट, डा. रण बहादुर रावल, पुष्कर राज ओझा,  गोबिन्दराज बोहोरा, गणेश राज भट्ट, केशव बहादुर चन्द, यज्ञराज जोशी

केन्द्रीय सदस्य अपांगता भएका (एक) : डेकराज भट्टराई, गोपाल बहादुर देउवा, तिल प्रसाद सुब्बा, पुस्कर कुमार खड्का, वसन्त वहादुर भुजेल, प्रकाश पन्थ, अरुण के.सी., माधव प्रसाद चम्लागाँई, उदय बहादुर लिम्बु, रामचन्द्र राणा, बावुकृष्ण सापकोटा, शिवहरि नेपाल (बैरागी), धिरेन्द्र कुमार सिंह, मदन कृष्ण श्रेष्ठ, टंक पाण्डे, गणेश बहादुर खत्री, कुमार कंडेल (राजन)

केन्द्रीय सदस्य अल्पसंख्यक (एक) : हरि बहादुर घले, प्रेम बहादुर छन्त्याल, प्रदिप कुमार सुनुवार, टीकाराम सुब्बा लेप्चा, महेश कुमार कोर्मोचा, ओमप्रकाश शर्मा (मारवाडी), 

केन्द्रीय सदस्य दलित (महिला चार) : सुजाता परीयार, पवित्रा विश्वकर्मा, शान्ति परियार (बि.क), सिता मिजार, विमला नेपाली, कविता कुमारी सरदार, लक्ष्मी परियार, कमला नेपाली, देविका नेपाली, श्याम देवी पासवान, रुपा वि.क., विष्णु मायाँ परियार, कलावती देवी पासवान, 

केन्द्रीय सदस्य दलित (खुल्ला पाँच) : अमर वहादुर बराईली, मौकुलाल बाल्मीकी, शम्भु हजरा दुसाद, रमेश ताम्राकार, महेश नेपाली, राम सुन्दर महरा, गोपिलाल विश्वकर्मा, कृष्ण बहादुर बि.के. रसाईली, प्रकाश रसाईली स्नेही, शिव बहादुर सुनार, डोवाटे विश्वकर्मा, मान बहादुर नेपाली, हरिशरण नेपाली, पदम वहादुर नेपाली, सुरेश परियार, रोहित विश्वकर्मा, वुद्धिराम हरिजन, विमल धमला (निर बहादुर वि.क.), मीन विश्वकर्मा, धर्मेन्द्र पासवान, प्रो. बसन्त कुमार विश्वकर्मा, नृप बहादुर वड, गोपाल विश्वकर्मा, धर्म बहादुर दर्जी (नेपाली), चन्द्रेश्वर शर्मा खत्बे, रामकृष्ण लकान्द्री,  आशा वि.क.

केन्द्रीय सदस्य आदिवासी जनजाती (महिला सात) : संगिता मण्डल धानुक, सीता कुमारी राना, गंगा लक्ष्मी अवाल, सृजना श्रेष्ठ, राधा घले, मन कुमारी गुरुङ, सरस्वती वजीमय, निर्मला तामाङ्ग बस्नेत, गौरी कुमारी लामा, प्रमिला राई, दिल कुमारी राई, गिता कुमारी गुरुङ, कुशुम देवी थापा, अनु गुरुङ्ग, सरस्वती चौधरी,  हिरा गुरुङ, शोभा चेम्जोङ पालुङवा, माया राना, सुशीला थिङ, रत्न शेरचन, राज्य लक्ष्मी श्रेष्ठ, अन्जली श्रेष्ठ, सत्य भामा श्रेष्ठ, उषा गुरुङ, माया राई, यमुना देवी श्रेष्ठ, रेखा गुरुङ, अञ्जना ताम्ली, धनादेवी थापा मगर, सीता गुरुङ,  सुनयना पालिखे, शान्ता कुमारी तामाङ, जानिमाया थापा (शेर्पा), छुल्दी ल्हमु शेर्पा थापा मगर, कमला राजभण्डारी, हरिप्रभा खड्गी, 

केन्द्रीय सदस्य आदिवासी जनजाती (खुल्ला आठ) : भूमि प्रसाद राजवंशी, आदित्य प्रकाश प्रधान, टेक प्रसाद गुरुङ, भरत गुरुङ्ग, टेक बहादुर गुरुङ,  बद्रि लाल महर्जन, कर्णेल धन बहादुर राना, तुलसी नारायण श्रेष्ठ, आङ छिरिङ शेर्पा, रवि सिंह, बाबु राजा चित्रकार, विनोद कुमार राई, चिन काजी श्रेष्ठ, निर्मल प्रसाद कर्माचार्य, बालाजित राई, डा. मुक्तिराम श्रेष्ठ, नवराज गुरुङ्ग, नरेन्द्र कुमार केरुङ, बहादुर सिंह (लामा) तामाङ, राम वहादुर गुरुङ्ग, ओम वहादुर घर्ती, बीर बहादुर राना, दिलमान पाख्रिन, जीत नारायण श्रेष्ठ, सिंह बहादुर राना, आङ टावा शेर्पा, सन्तोष कुमार मेन्याङ, कुश राज राई, थल कुमार लिंखा, नगेन्द्र कुमार कुमाल, सुरेश सुब्बा, चोकराज शाक्य, आङ गेलु शेर्पा, गर्ज वहादुर गुरुङ्ग, धर्मराज राई, ओम थापा, प्रकाश महर्जन, तारामान गुरुङ, गणेश मान चक्रधर, नबिन राई, युवराज गुरुङ, नरेश कुमार श्रेष्ठ, महादेव गुरुङ्ग, नर बहादुर पुन (निरज), भीम श्रीस, तुलसी सुब्बा, श्याम प्रसाद श्रेष्ठ, उमेश श्रेष्ठ, पूर्ण बहादुर गुरुङ्ग, रवि प्रकाश राई, संदीप श्रेष्ठ, अमिर लामा मोक्तान, हरि कुमार राई, महेन्द्र श्रेष्ठ (श्रीप्रसाद), जयराज संयोग लिम्बु

केन्द्रीय सदस्य खसआर्य (महिला छ) : गोमा के.सी., सरस्वती ढुंगाना, अप्सरा कोइराला, रामदेवी खड्का, भावना कुमारी शाही, विनु रायमाझी पौडेल, पार्वती शाह, मीना चन्द, उमा शिवाकोटी, इन्दीरा कार्की (इन्दु), प्रतिमा गौतम, कृष्ण कुमारी बस्नेत, जुना कुमारी दानी, विनिता खड्का, लक्ष्मी पाण्डे, मंजु खाण, शारदा देवि चन्द, चम्पादेवी खड्का,  माया क्षेत्री बराल (कार्की), विद्यादेवी तिमिल्सीना, कल्याणी रिजाल, गिता सत्याल, बाला अधिकारी, चिनु पोखरेल, उर्मिला थपलियाँ, देवी अर्याल, तारा भण्डारी, गिता देवकोटा, नानु वास्तोला, कान्ता रिजाल, कान्तिका सेजुवाल, लिला कुमारी नेपाल, प्रसीस महरा, अम्बी कुमारी थापा

केन्द्रीय सदस्य खसआर्य (पुरुष सात) : इश्वर बहादुर मल्ल, खिलानाथ दाहाल, राम कृष्ण घिमिरे, कृष्णप्रसाद कोइराला, ई. दिनेश प्रसाद भट्ट, अच्युत प्रसाद गुरागाइ, जगत प्रसाद जोशी, रेवतीप्रसाद भुसाल, समीर घिमिरे, ऋषी राम काफ्ले, ई. मधु आचार्य, चिरञ्जिवी थापा, मेदनी प्रसाद सिटौला, दक्ष पौडेल सुवास, डा. सुरज राज काफ्ले, हरिवोल भण्डारी, बसन्त बहादुर सि.के., श्याम कुमार घिमिरे, पर्शुराम पोखरेल,  विजय बहादुर स्वार, विष्णु पौडेल, प्रकाश अधिकारी, रामचन्द्र पोखरेल, केशव कुमार बुढाथोकी, गणेश सापकोटा, कमल बहादुर शाह, प्रकाश शर्मा पौडेल, भीम पराजुली, लोक प्रसाद संग्रौला, गजेन्द्र कार्की, चन्द्र बहादुर कुँवर, एकेन्द्र बहादुर पन्त, मणिभद्र शर्मा कंडेल, तीर्थबहादुर थापा, हरि प्रसाद न्यौपाने, प्रेम कुमार खत्री, गेहेन्द्र गिरी, भूपेन्द्र कट्टेल, तारा बहादुर कोइराला, गोबिन्द बहादुर शाह, हरि मोहन भण्डारी, डा. सुबोध कुमार पोखरेल, उमेश कुमार बस्नेत, प्रभुराम बस्नेत, रमेश प्रसाद खरेल, नारायण बहादुर् कार्की, विष्णु कुमार कार्की, मोहन प्रकाश पोखरेल, दिपक अधिकारी, 

केन्द्रीय सदस्य मधेशी (महिला चार) : मिनाक्षी झा, मन्जु कुमारी यादव, किरण यादव, नागिना यादव, मुक्ता कुमारी यादव, 

केन्द्रीय सदस्य मधेशी (खुल्ला पाँच) : सकल देव सुतिहार, प्रा.डा. अन्जनी कुमार झा, अजय कुमार द्विवेदी, मिथिलेश कुमार मिश्र, राम दयाल यादव, देव करण प्रसाद कलवार सन्तु्, रामपल्टन साह, भगिरथ कुमार पोद्दार, प्रेम किशोर प्रसाद साह, सिताराम महतो, राजेन्द्र कुमार जयसवाल, डा. चन्द्र मोहन यादव, डा. गणेश कुमार मण्डल, प्रभु नाथ राउत (पटेल), डा. सुभाष चन्द्र यादव, रामनारायण मंडल केवरत, सत्य नारायण चौधरी, संजय कुमार यादव, भारतेन्दु कुमार मल्लिक, महेन्द्र कुमार राय, हेमराज तातेड, अजय कुमार चौरसिया, राम कुमार चौधरी, विनोद कुमार चौधरी, सुशिल नाहटा, दिनेश कुमार यादव, पवन कुमार सारडा, 

केन्द्रीय सदस्य मुस्लिम (महिला एक) : जमिला मियाँ, यासीबा रहमान, जावेदा खातुन जागा, सनम वेगम, गोमा पराजुली (अन्सारी), जमिला खातुन 

केन्द्रीय सदस्य मुस्लिम (खुल्ला दुई) : मोख्तार अहमद, अब्दुल सतार, हसन अन्सारी, अब्दुल रज्जाक, मो. इर्शाद अन्सारी, सलाउ द्दिन मियाँ, अकिल मियाँ, मो. नसिर सिद्धिकी, मोहम्मद निजामुद्दिन, अब्दुल रहिम

केन्द्रीय सदस्य थारु (महिला दुई) : नमिता कुमारी चौधरी, नवोदिता चौधरी, जीवन राना, कल्पना चौधरी, 

केन्द्रीय सदस्य थारु (खुल्ला दुई) : टिका कुमारी चौधरी, पार्बता डि.सी. (चौधरी), टेक नारायण महतो, यज्ञराज चौधरी, भोटनी देवी खवास, साजन कुमार महतो, योगेन्द्र चौधरी, वद्री नारायण चौधरी, देवराज चौधरी, राम जनम चौधरी

केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (एक) : अर्जुन जंङ्ग बहादुर सिंह, दीपक जङ्ग शाह ।

केन्द्रीय सदस्यसमेत नलड्ने घोषणा गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलले विज्ञप्ति जारी गर्दै दिएका पाँच सन्देश

१. कांग्रेसमा स्पष्ट नीति छैन, एकता पनि भएन : पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्ने थलो मात्र होइन, यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक हुन्छ । नेपाली कांग्रेस पार्टीका तमाम कार्यकर्ता र महाधिवेशनको प्रतिनिधिलाई यो दिशामा आफ्नो ध्यान लगाउन र सुदृढ, सबल र एकताबद्ध पार्टी निर्माणमा एकजुट हुन आग्रह गर्दछु ।

२. संसदीय विचलन छ, सत्ता अवसरमा नेतृत्व रमाएको छ : मैले कांग्रेसलाई जुन रूपमा बुझ्दै आइरहेको थिएँ, त्यो कांग्रेसमा विचलन आइरहेको अनुभव गर्नुपरेको छ । पार्टी सत्ताको भ¥याङ नहोस् भनेर बिपी, गणेशमान र किसुनजीले आदर्श र मूल्यका लागि जीवनभर लड्नुभयो, संघर्ष गर्नुभयो, त्यो आज निरर्थक हुन लागेको पीडाबोध भइरहेछ । संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको छ ।

३. नयाँ पुस्ताको काँधमा छ कांग्रेसको भविष्य : लोकतन्त्रको आस्था मनभरि भरिएका कांग्रेसजन र विशेषगरी नयाँ शिक्षित पुस्ताले नेपाली कांग्रेसलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल आदर्शमा स्थापित गर्ने प्रयास अगाडि बढाउनेछन् भन्ने मेरो अपेक्षा भने मेटिएको छैन ।

४. कांग्रेसभित्र षड्यन्त्र हुन्छ, आस्थावान्ले आदर्श जोगाउनुपर्छ : चौधौँ महाधिवेशनसम्म आइपुग्दा अनेको प्रपञ्च भोगेको छु । प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अँगालेर अनेक अथक् प्रयत्न गर्दा पनि पार्टी महाधिवेशनको मझधारमा आएर म प्रतिस्पर्धाको मैदान छाड्ने अवस्थामा पुगेँ । प्रतिस्पर्धाबाट अलग रहे पनि आस्थावान् साथीहरूले आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउनुहुनेछ भन्ने शुभेच्छा व्यक्त गर्दछु ।

५. राजनीतिमा भूमिका रहिरहन्छ : पार्टीभित्र अहिले जुन परिस्थिति निर्माण भइरहेको छ, त्यो सन्दर्भमा मैले १४औँ महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग हुने निर्णय गरेको छु । एउटा इमानदार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएको विकृति र गलत प्रवृत्तिविरुद्ध लडिरहनेछु । राष्ट्रिय राजनीतिमा मेरो भूमिका रहिरहनेछ ।

ad
ad