१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दैलेखमा बढ्दै लागुऔषध कारोबार, एक सातामा पाँचजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:२७:oo

दैलेखमा पछिल्ला दिनहरूमा लागुऔषधको कारोबारसँगै प्रयोग गर्ने युवाहरूको संख्या बढ्दै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखले एक साताभित्र पाँचजनालाई खैरो हिरोइनसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीनजना जिल्लाबाहिरका छन् भने दुईजना दैलेखकै युवाहरू रहेको जनाइएको छ।

बिहीबार जिल्लाको नारायण नगरपालिका–९ साडु बस्ने २५ वर्षे टोपेन्द्र रावत र भगवतिमाई गाउँपालिका–१ बस्ने विनय थापालाई प्रहरीले पक्राउ गरेको हो। विनय थापा दैलेखको भगवतीमाई गाउँपालिका अध्यक्षका छोरा हुन्।

जिल्ला प्रहरी प्रमुख भुवनेश्वर प्रसाद साहका अनुसार दैलेख सदरमुकामको पुरानो बजार क्षेत्रमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका दुईजनाको खानतलासी गर्दा उनीहरूको साथबाट दुई सय ३८ ग्राम खैरो हिरोइन बरामद भएको हो। पक्राउ परेका दुईजनालाई प्रहरीले थप अनुसन्धानका लागि जिल्ला अदालत दैलेखबाट १० दिनको म्याद थप गरी हिरासतमा राखेको जानकारी दिएको छ।
 
प्रहरीले तीन दिनअघि पनि लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा तीनजालाई पक्राउ गरेको थियो। बर्दियाको बासगढी नगरपालिका–२ का २६ वर्षीय विक्रम मल्ल, बाँकेको कोहलपुर नगरपालिका–१० हाई स्कुल चोक बस्ने २३ वर्षीय गणेश केसी र २६ वर्षीय हेमन्त साउँद ६९० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ परेका थिए। पक्राउ परेका तीनजनामध्ये एकजना प्रहरी नै रहेको बताइएको छ। उनीहरूको पनि १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

ad
ad