१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
फाइल फोटो ।
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १७:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

महामन्त्रीमा पराजित भए क्रियाशील सदस्य मात्र रहेर काम गर्छु : गगन थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १७:२५:oo

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले महामन्त्री पदमा आफ्नो जित नभए सामान्य कार्यकर्ता भएर काम गर्ने बताएका छन्। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै महामन्त्रीका उम्मेदवार थापाले पराजित भए क्रियाशील सदस्य मात्र रहेर काम गर्ने बताएका हुन्।

ऊर्जा र उत्साह हुँदाहुँदै पनि राजनीतिक व्यवस्थाले देश र जनताको अवस्था बदल्न नसकेको भन्दै उनले कांग्रेसमा रहेर जनाताको जीवनमा परिवर्तन ल्याउन आफू नेतृत्व तहमा पुग्न चाहेको बताए।  'पार्टी आस्था हो, विश्वास हो। यही पार्टीभित्र बसेर अझ योगदान दिनका लागि अघि बढ्न खोजेको  हुँ,' उनले भने, 'हामीले जनताको अवस्था र जीवनको स्तर बदल्न सक्छौँ।'

विगतको सरकारले सबै भताभुंग पारेको भन्दै उनले १४औँ महाधिवेशनपछि आउने कांग्रेस नेतृत्वले एक वर्षभित्र परिवर्तन ल्याउने ठोकुवा गरे। त्यसका लागि तीनै तहका आगामी चुनाव जित्नुपर्ने भन्दै उनले कांग्रेससँग नयाँ कार्यक्रम र संकल्प आवश्यक रहेको औँल्याए।

यस्तो छ उनको अवधारणापत्र :

 

ad
ad