१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 06 May, 2025
नयाँ पत्रिका मकवानपुर
Invalid date format १३:५९:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

प्रदेश प्रमुख शर्माद्वारा अधिकारीको ‘मकवानपुरमा मिडिया’ विमोचन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
Invalid date format १३:५९:oo

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले पत्रकार गिरिजा अधिकारीद्वारा लिखित ‘मकवानपुरमा मिडिया’ नामक पुस्तक विमोचन गरेका छन्। बिहीबार हेटौँडामा प्रदेश प्रमुख शर्माले गीतकार तथा साहित्यकारसमेत रहेका अधिकारीको पुस्तक विमोचन गरेका हुन्।

प्रदेश प्रमुखले अधिकारीको लेखनयात्राको निरन्तरताको कामना गर्दै भने, ‘गिरिजाजी पत्रकारितासँगै लेखनको बाटो भएर सत्यको पछि लागिरहनुहोस्, सत्यको यात्रामा कहिलेकाहीँ एक्लै भएजस्तो लाग्छ, तर तपाईँ एक्लै हुनुहुन्न।’ उनले पत्रकारिता राजनीतिक दलको छायाँ बन्न नहुने र जनप्रतिनिधि तथा सरकारका उच्चपदस्थ अधिकृतहरूले गरेका अनियमित कार्यका लागि सत्यतथ्य समाचार सार्वजनिक गर्न पत्रकार आफूमा दृढता हुनुपर्ने बताए।

सो अवसरमा प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानले लोककल्याणकारी विज्ञापन समानुपातिक ढंगबाट सबैलाई वितरण गर्न सरकारले उच्च प्राथमिकतामा राखेको बताइन्। त्यसैगरी, बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलले पहुँचमा नरहेका जनताहरुलाई भौतिक पूर्वाधार, स्वास्थ्य उपचार गर्ने र आर्थिक सम्मृद्धिको लागि प्रदेश सरकारले निष्पक्षका साथ विशेष कार्यक्रम तर्जुमा गरी लागू गर्न आग्रह गरिन्।

कार्यक्रममा पुस्तकका लेखक हेटौँडा उपमहानगरपालिका–५ निवासी अधिकारीले मकवानपुरमा पत्रकारिता क्षेत्रका इतिहासको साथै युवा पुस्तालाई पत्रकारिता क्षेत्रमा संलग्न हुने स्रोतका रूपमा रहेको सो पुस्तक निकै उपयोगी हुने विश्वास व्यक्त गरे।