१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २३ मंगलबार
  • Tuesday, 06 May, 2025
२o८२ बैशाख २३ मंगलबार २१:३८:oo
Read Time : < 1 मिनेट
समाचार

घरायसी विवादमा कान्छी श्रीमतीको हत्यापछि आत्महत्या

जेठी श्रीमतीलाई भेटेको विषयमा भएको थियो विवाद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २३ मंगलबार २१:३८:oo

पोखरा महानगरपालिका–१७, बिरौटास्थित आयुर्वेद पथ बस्ने ५७ वर्षीय ऋषिराम बरालले घरायसी विवादका क्रममा ३७ वर्षीया कान्छी श्रीमती देवी पराजुली बरालको हत्यापछि आत्महत्या गरेका छन्। 

बराल कान्छी श्रीमतीसँग पोखरा–१७, बिरौटामा बस्दै आएका थिए भने उनीहरूले फेन्सी पसल सञ्चालन गर्दै आएका थिए। 

बरालकी जेठी श्रीमती भने पोखरा–७, मासबारमा बस्दै आएकी छिन्। सोमबार बरालले जेठी श्रीमतीसँग भेट गरेका थिए। जेठी श्रीमती भेटेको फोटो-भिडियो उनले फेसबुकमा राखेका थिए। जेठी श्रीमतीसँग भेटेको विषयमा विवाद भएको र सोही क्रममा कान्छी श्रीमतीको हत्या गरी बरालले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान र छिमेकीहरूले दिएको सूचनाका आधारमा घरायसी झगडापछि घटना भएको देखिन्छ। घटनास्थलबाट प्रहरीले विषको खाली बट्टा र चक्कु बरामद गरेको थियो।

बरालले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या र विष सेवन गरी आत्महत्या गरेको अनुसन्धानका क्रममा देखिएको बस्नेतले जानकारी दिए। श्रीमतीको हिजै मृत्यु भएको थियो भने बरालको मंगलबार मृत्यु भएको हो। 

स्थानीयले सूचना दिएपछि पुगेको प्रहरीले श्रीमान्-श्रीमती दुवैजनालाई रगताम्मे र अचेत अवस्थामा फेला पारेको थियो। घटना भएको घरको बाथरुममा एउटा र ढोकाबाहिर एउटा चक्कु र मेटासिड नामक विषको खाली डब्बा भेटिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई उपचारका लागि अस्पताल लगेकोमा श्रीमतीलाई चिकित्सकले मृत घोषणा गरेका थिए भने बरालको उपचारको क्रममा मंगलबार मृत्यु भएको हो। स्थानीयका अनुसार उनीहरूबिच यसअघि पनि पटक-पटक झगडा हुने गरेको थियो। झगडाकै कारण बराल यसअघि पटक-पटक घर छाडेर हिँड्ने गरेका थिए।