१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
 ३३ वर्षीय उत्तम विक भनिने खेम बहादुर बस्याल
२o८१ जेठ ६ आइतबार o७:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

भूमि आयोगको लेटरप्याड किर्ते गरी ठगी गर्ने पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o७:५२:oo

भूमि सम्बन्धी समस्या समाधान आयोगको आधिकारिक लेटरप्याड, रबरछाप र अध्यक्षको दस्तखत किर्ते गरी ठगी गरि फरार रहेका एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा भिरकोट नगरपालिका वडा नम्वर ८ घर भई कास्की पोखरा महानगरपालिका ९ बस्ने  ३३ वर्षीय उत्तम विक भनिने खेम बहादुर बस्याल रहेका छन् ।

कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीका अनुसार विक सहितको समुहले नक्कली कागज पत्रको आधारमा पोखरा १४ भोटेचौतारामा रहेको सरकारी जग्गामा घर बनाएर उपलब्ध गराउँछौ भनी स्थानीय मानिसहरुबाट नौ लाख ४६ हजार रकम उठाएका थिए ।

ठगी गर्ने व्यक्तिहरुलाई गत २५ असोजमा मुद्दा दर्ता गरी अनुसन्धान गरिएकोमा सोही मुद्दाका मुख्य योजनाकार विक भने फरार रहेका थिए । फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका विकलाई अदालतमा पेश गर्दा अदालतले ठगी मुद्दामा दुई लाख र लिखत सम्बन्धी मुद्दामा एक लाख ५० हजार धरौटी माग गरिएकोमा माग अनुसारको धरौटी जम्मा गर्न नसकेपछि उनलाई बुधवार कारागार कार्यालय कास्कीको थुनामा पठाईएको तिवारीले जानकारी दिए ।

विक विरुद्ध झिल्के परियार समेत २१ जना पीडित व्यक्तिहरूले ठगी सम्बन्धी कसुरमा जाहेरी दर्ता गरेको र सो मुद्दा अनुसन्धानको क्रममा रहेको प्रहरीले जनाएको छ । विकलाई वैदेशिक रोजगार विभागले समेत पक्राउ गरी पठाउनको लागि पक्राउ पुर्जी जारी गरेको प्रवक्ता तिवारीले जानकारी दिए ।  

ad
ad