मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सौरभ यादव राजविराज
२०७८ मङ्सिर २१ मंगलबार २०:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट

Read Time : < 1 मिनेट
सौरभ यादव राजविराज
२०७८ मङ्सिर २१ मंगलबार २०:१४:००

सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट भएको छ । गाउँ कार्यपालिकाको मंगलबारको बैठकमा अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट भएको बैठकमा सहभागी वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्रकुमार यादवले बताए । 

उनका अनुसार दिउँसो ३ बजेतिर कार्यपालिकाको बैठकमा गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेको वेला विवाद भएको हो । उनले भने, ‘म पनि बैठकमा सहभागी थिएँ, सामान्य छलफल भइरहेको थियो । सोही क्रममा एक्कासि अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट भयो ।’ 

उपाध्यक्ष मण्डलले गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेकै वेला नजिक आएर अपशब्द प्रयोग गरेपछि कुर्सी उठाएको स्वीकार गरिन् । ‘अध्यक्षज्यूले अपशब्द प्रयोग गर्न थालेपछि मैले प्रतिवाद गरेँ र सोही क्रममा मैले कुर्सी पनि उठाएँ ।’ घटनाबारे बुझ्न खोज्दा अध्यक्ष मण्डलको फोन उठेन । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले घटनाबारे सुने पनि आधिकारिक रूपमा जानकारीमा नआएको बताए । ‘घटनापछि उहाँहरू आ–आफ्नो घर लागेको कुरा आयो । उहाँहरूले घटनाबारे प्रहरीमा जानकारी गराउनुभएको छैन,’ उनले भने ।