१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार ११:११:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने केन्द्रीय सदस्य परियारको घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:११:oo

कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी उनले उम्मेदवारीको घोषणा गरेका हुन्।

कार्यक्रममा बोल्दै परियारले आफू समावेशी समूहका तर्फबाट सहमहामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरे। संस्थापनइतर समूहको तर्फबाट आफ्नो उम्मेदवारी रहने परियारले  स्पष्ट पारे ।  ११  वर्षसम्म पार्टीको विभिन्न  जिम्मेवारीमा रहेर निष्पक्ष जिम्मेवारी निभाएको उनको दाबी छ । आफू जिम्मेवारीमा आएको अवस्थामा प्रजातान्त्रिक समाजवादको विचारलाई बढावा दिने, सामाजिक रुपान्तरण र सामाजिक न्यायका लागि पहल गर्ने  र पार्टीको विधान कार्यान्वयनमा भूमिका खेल्ने बताए।

कार्यक्रममा उनले सामाजिक न्याय र मानवीय विकासविना विकास अधुरो हुने बताए । सर्वांगीण विकासका लागि कांग्रेसमा  छुट्टै विभागसमेत  आववश्यक रहेको उनको भनाइ थियो । इतरसमूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न युवा नेताहरूले प्रयत्न गरिरहेको समेत कार्यक्रममा जानकारी दिए।

ad
ad