मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २१ मंगलबार ०६:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

थापाको आरोप निराधार र दुर्भाग्यपूर्ण : लिङ्देन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २१ मंगलबार ०६:४६:००

महाधिवेशन प्रतिनिधिको मतको अवमूल्यन नगर्न गराए सचेत

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहमाथि निवर्तमान अध्यक्ष कमल थापाको आरोप निराधार र दुर्भाग्यपूर्ण रहेको बताएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा सोमबार पदभारपछि पत्रकारहरूसँग कुराकानी गर्दै लिङ्देनले महाधिवेशन प्रतिनिधिहरूको मतलाई अवमूल्यन नगर्न थापालाई सचेतसमेत गराएका छन् ।

‘उहाँले सामाजिक सञ्जालमा लेख्नुभयो भनिएका विषयवस्तु मैले पढ्न पाएको छैन । चार दिनदेखि सामाजिक सञ्जाल चलाएको पनि छैन,’ लिङ्देनले भने, ‘निर्वाचनमा पराजयको प्रतिक्रिया पनि त्यसरी आएको हुन सक्छ । त्यसमा भन्नु केही छैन । तर, हाम्रो महाधिवेशनमा पूर्वराजालाई जोड्नु हाम्रो मतको अवमूल्यन हो । यो दुर्भाग्यपूर्ण छ ।’ 

अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी, निर्वाचित पदाधिकारीसँग सरसल्लाह गरेरै आफू अघि बढ्ने प्रतिबद्धता जनाए । पार्टी कार्यालय धुम्बाराहीमा थापाले अध्यक्षका रूपमा प्रयोग गरेको कार्यकक्ष उनले प्रयोग गरेनन् । थापालाई कार्यालय आउन कार्यकक्ष सुरक्षित राखिदिएको उनको तर्क थियो । विगतमा महामन्त्रीको हैसियतमा बसेको कार्यालयमा नेमप्लेट मात्रै परिवर्तन गरेर उनी बसेका थिए । 

बुधबार केन्द्रीय समिति बैठक
लिङ्देनले पार्टीमा पक्ष र विपक्ष महाधिवेशनस्थलमै बिसर्जन भएको भन्दै सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘राप्रपालाई ठूलो बनाउने मात्र होइन, देश र जनताको पक्षमा काम गरेर देखाउनेछौँ । हामीले थुप्रै चुनौती सामना गरेर अघि बढ्नुपर्नेछ,’ उनले भने । आफू विगतमा सुरुमा माओवादीको आक्रमणबाट बचेको र पछि दुईपटक कोभिडको संक्रमणबाट बचेको भन्दै बेइमानी नगर्ने प्रण गरे । ‘म दुईपटक कालको मुखबाट बचेको हुँ,’ उनले भने, ‘सबैलाई मिलाएर लैजान्छु ।’ लिङ्देनले बुधबार केन्द्रीय समिति बैठक बोलाएका छन् ।